कबड्डी प्रतियोगिताको उपबिजेता बुटवलको टीमलाई सम्मान
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र ५, २०८०
- 166 Shares
-

बुटवल । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको उपविजेता बुटवल उपमहानगरपालिकाको टीमलाई सम्मान गरिएको छ।
बुटवल उपमहानगरपालिकाले भक्तपुरमा सम्पन्न प्रतियोगितामा उपबिजेता भएको टीमलाई आइतबार सम्मान गरेको हो।
सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपबिजेता टोलीलाई उचित सम्मान दिइने बताए। उनले बुटवलको प्रतिष्ठा बढाउने टीमलाई प्रोत्साहन गर्नका लिग नगरले विशेष सम्मान गर्ने योजना बनाएको बताए।
उनले बुटवलले खेल क्षेत्रमा अब्बल बनाउने उदेश्यका साथ लगानी गरिरहेको र त्यसअनुसारको प्रतिफल प्राप्त भइरहेको बताए।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले खेलाडीको योगदानको सम्मान गर्दै थप प्रोत्साहन गर्ने बताइन्।
नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेलाडीहरुले कडा मेहनतका साथ उपबिजेता भएको र आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने गरी लगानी गर्ने बताए।
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनलमा मेलौली नगरपालिकासँग बुटवल उपमहानगरपालिका पराजित भएको थियो। प्रतियोगितामा प्रथम भएको मैलौलीले १ लाख ५० हजार र उपविजेता बुटवल उपमहानगरपालिकाले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा