सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्पेलिङ कन्टेस्ट तथा नृत्य प्रतियोगिता

बुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३२औं बार्षिक उत्सवको अवसरमा आज स्पेलिङ कन्टेस्ट सम्पन्न भएको छ । प्रतियोगितामा बिबिएस तेस्रो बर्षका सुर्य बिक,अनिशा पराजुली ,आसिश खडकाको समुह प्रथम भएको छ भने बिएड चौथो बर्षका भुबन पन्थी, कमल खत्री ,निशा थापाको समूह द्वितिय तथा बिबिएस तेस्रो बर्षका सिमान्त क्षेत्री ,मनिषा बेल्बासे, र शिक्षा रास्कोटिको समूह तृतिय भएको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले बताउनुभयो । प्रतियोगितामा १३ टीम सहभागि थिए ।
सो अबसरमा बोल्दै क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले क्याम्पसलाइ शैक्षिक क्षेत्रको धरोहरका रुपमा सिद्धार्थ क्याम्पसको बिकास गर्ने बताउनुभयो । क्याम्पसले चैत्र ६ गते बार्षिकोत्सव मूल समारोहको आयोजना गरेको र सोमबार ११ बजे पत्रकार सम्मेलनको आयोजना गरेको सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले जानकारी दिनुभयो । आजै नृत्य प्रतियोगिता समेत भएको छ सहभागि २५ टीमबाट ११ टीम छनौटमा परेका छन् ।
लेखकको सम्वन्धमा