खुद्रा किराना व्यवसायी संघको नवौं अधिवेशन मंगलबार, सर्वसम्मत नेतृत्व चुन्ने तयारी

Read Time:1 Minute, 4 Second
बुटवल । जनता संग प्रत्यक्ष रुपमा जोडिएको खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीको १७ औं साधारणसभा एवं नवौं अधिवेशन यहि फागुन २९ गते मंगलबार हुँदै छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख भुपु सैनिक हल देवीनगरमा हुने संघ अध्यक्ष मोहन प्रसाद बस्यालले जानकारी दिए।
साधारणसभा एवं अधिवेशनमा संस्थापक एवं अध्यक्ष पूर्व अध्यक्ष, सल्लाहकार, लेखा समिती तथा क्षेत्रगत समिती र साधारण र आजिवन सदस्यलाई सहभागीताको लागि आग्रग गरिएको छ।
यसैबीच अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चुन्ने तयारी गरेको छ। अध्यक्षमा ४ जना आकान्क्षी भएपनि सर्वसम्मत नेतृत्व चयन गर्न लागिएको निर्वाचन समितिले जनाएको छ।
लेखकको सम्वन्धमा