लुम्बिनीमा माओवादीका मन्त्री बर्खास्त पछि माओवादीले लियो समर्थन फिर्ता
- लुम्बिनी प्रेस संवाददाता
- फाल्गुन २३, २०८०
- 46 Shares
-

बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। लगत्तै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ।
नेकपा (माओबादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बर्खास्त गरेका हुन्।मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए।
माओवादी संसदीय दल नेता जोखबहादुर महराले सरकारलाई दिएको समर्थन फिर्ता लिईएको जनाए।
चौधरी गत वैशाख १४ गते नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
चौधरीलाई त्यतिखेर माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राजमो, एकीकृत समाजवादी लगायतको विश्वासको मत दिएका थिए।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको साथ चाहिन्छ।लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४–४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३ , राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन्।
प्रतिकृया दिनुहोस्
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२ -
सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
बैशाख २६, २०८२
लेखकको सम्वन्धमा