“समृद्धि र सुशासनले देशलाई बलियो बनाउछ”

बुटवल । समृद्धि र सुशासनले देशलाई बलियो बनाउने एक कार्यक्रमका बक्ताहरुले बताएका छन। रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशको छैटौं वार्षिकोत्सबको अवसरमा आयोजित स्मारीका बिमोचन तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले अहिले सुशासन समाजमा आवश्यकता रहेकोमा जोड दिएका हुन।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशको राजधानी बुटवल बाट सरेपछी चलायमान गति कम भएको उल्लेख गर्दै यसको प्रभाव हरेक क्षेत्रमा परेको उल्लेख गरे।
उनले बुटवललाई ब्यवस्थित र बस्न योग्यसहर बनाउदै आर्थिक एवं सामाजिक चहलपहल बढाउनको लागि काम भैरहेको बताए।
उनले रिपोर्टर्स क्लवले प्रदेश राजधानी सरेपनी प्रादेशिक कार्यालय बुटवलमा नै राख्नु सकारात्मक कुरा रहेको भन्दै गतिविधिलाई अझै प्रभावकारी बनाउन आग्रह गरे।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले क्लवले गरिरहेका कार्यक्रमहरु निकै प्रभावकारी देखिएको बताउदै सुशासनको क्षेत्रमा काम गर्न आग्रह गरे।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुशासन युक्त समाज निर्माण गर्नमा मिडिया क्षेत्रको भूमिका निकै रहने भन्दै क्लवका कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आग्रह गरे।
कार्यक्रममा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसि, राससका पूर्व केन्द्रिय अध्यक्ष एवं बरिस्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, लुम्बिनी प्रदेशसभा मञ्चका अध्यक्ष डा. कृष्ण न्यौपाने , नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का, प्रदेश अध्यक्ष रामकुमार क्षेत्री, उपाध्यक्ष तेजेन्द्र केसी, पूजा पन्थी लगायतले बोलेका थिए।
“सत्ता र सुशासन ” स्मारिका बिमोचन
कार्यक्रममा क्लवले प्रकाशन गरेको “सत्ता र सुशासन ” स्मारिका बिमोचन गरिएको थियो। प्रमुख अतिथी बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे सहित बिशिस्ट अतिथी तथा अन्य अतिथीहरुले स्मारिका बिमोचन गरेका थिए।
चार पत्रकारलाई सम्मान
रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले छैटौं वार्षिकोत्सबको अवसरमा चार जना पत्रकार सम्मानित भएका छन।
सो अवसरमा नेपाल टेलिभिजनका हरिष ढकाल, कान्तिपुर टिभिका अमृता अनमोल, लुम्बिनी टेलिभिजनका श्याम पोखरेल र साझा टेलिभिजनका भुवन जिसिलाई सम्मान गरिएको हो।
लेखकको सम्वन्धमा