स्थायी सरकार नहुदासम्म न्याय प्राप्ति सम्भव छैन : उपप्रमुख अर्याल

स्थायी सरकार नहुदासम्म न्याय प्राप्ति सम्भव छैन : उपप्रमुख अर्याल
0 0
Read Time:3 Minute, 59 Second

बुटवल । बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले स्थायी किसिमको सरकार नबन्दा सम्म कुनैपनि घटनाले पुर्णता नपाउने बताएकी छन।सत्ताकै लागि पटक पटक सरकार परिवर्तन भईरहदा शसस्त्र द्वन्द्व पिडितले न्याय नपाउने बताइन।
द्वन्द पिडितका सवालमा संक्रमणकालिन न्याय सम्वन्धी विधेयकमाथी मंगलबार बुटवलमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले कुनै एक सरकारले ल्याएको योजना अर्को सरकार आएर परिवर्तन हुँदा न्यायको काम हुन नसकेको बताईन।
बुटवल उपमहानगरपालिकाले द्वन्द्व पिडितलाइ समेट्ने कामहरु गर्दै बजेट बिनियोजन गर्दै आएको बताउदै उनले बुटवलले राजनीतिक पुर्वाग्रह राखेर काम नगर्न आग्रह गरिन।
उनले नीति नियम अनुसारका कामहरूलाई साथ दिन आग्रह गर्दै आवश्यक सहकार्य गर्न उपमहानगर तयार रहेको बताईन।
उनले बुटवललाई मर्यादित र उत्कृष्ट सहर बनाउनको लागि ठेला, अटोरिक्सा लगायतका विषयमा समस्या देखिएपनी दीर्घकालीन समस्या समाधान हुने बताईन।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका पुर्व नगरप्रमुख पुनाराम पोख्रेलले द्वन्द्वको २ दशकको अवस्था सम्म आईपुग्दा पनि न्याय नपाएको गुनासो गर्नुपरेको बताए। आफै द्वन्द्व पीडित भएको स्मरण गर्दै पोख्रेलले सवै क्षेत्रमा न्यायका लागि प्रयास गरेपनी प्रभावकारी नभएको बताए।
उनले जिल्ला,नगर वडा तथा केन्द्र सरकार समक्ष पुगेपनी जवाफदेही र जिम्मेवारी नभएको पाएको बताउदै संघीय सरकार संबेदनसिता बिहिन रहेकोले उचित न्याय पाउन नसकेको बताए।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ८ अध्यक्ष यज्ञ प्रसाद पङेनीले बेपत्ता पारिएका तथा द्वन्द्व पीडितका समस्या समाधान नभएको स्विकार्दै पटक पटकको सत्ता परिवर्तन भएकोले समस्या भएको बताए।उनले वडाले गर्ने सिफारिस एव अन्य सहकार्य र सहयोग गर्न तयार रहेको बताए।
एड्बोकेसि फोरम लुम्बिनी प्रदेश अध्यक्ष अधिवक्ता ईन्दिरा आचार्यले कार्यपत्र प्रस्तुत गर्दै विधेयकमा भएका कुराहरूको वारेमा बताईन। उनले ससदमा उठेका र परिवर्तन भएका विषयवस्तु र शाब्दिक अर्थको बारेमा बताएकी थिइन।द्वन्दकै कारणले अहिले पनि समस्या भोगेका ब्यक्तिलाई पनि द्वन्दपिडित सरह समावेस गर्नुपर्ने कुराहरु उठेको बताइन।
कार्यक्रममा मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देही अध्यक्ष राधिका श्रेष्ठ, प्रदेश अध्यक्ष जानुका घिमिरे,समाजसेवी एवं बुटवल उद्योग बाणिज्य संघका महासचिव बिमलराज भट्टराई लगायतले बोलेका थिए।
मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजना तथा क्रुभे विस्ट्रो परियोजनाको आर्थिक सहयोगमा भएको कार्यक्रम समूह सदस्य गोमा बस्यालको स्वागत तथा सचिव रिता सेनको सञ्चालनमा सम्पन्न भएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %