राईड टु रानिमहल सिजन ३ चैत १७ र १८ गते हुने

राईड टु रानिमहल सिजन ३ चैत १७ र १८ गते हुने
0 0
Read Time:4 Minute, 12 Second

बुटवल । बिगत २ वर्षयता निरन्तर सञ्चालन गर्दै आएको राईड टु रानीमहल सिजन ३ यहि चैत १७ र १८ गते हुने भएको छ। जिल्ला साईकलिङ संघ रुपन्देहीले मंगलबार जितगढी किल्लामा पत्रकार सम्मेलन गरि सिजन ३ यहि चैत १७ र १८ गते हुने जानकारी गराएको हो।
साईकल चलाऔ,आन्तरिक पर्यटन प्रवर्द्धन गरौ भन्ने नाराका साथ राईड टु रानिमहल कार्यक्रम गर्न लागेको जिल्ला साईकलिङ संघ रुपन्देही अध्यक्ष पुकार थापाले पत्रकार सम्मेलन मार्फत जानकारी गराए।
२०७८ मा कोरोनाले रोकिएको कार्यक्रम तेस्रो सस्करण २०७९मा गर्न लागिएको बताउदै उनले १७ गते शुक्रबार बिहान ७ बजे औपचारिक कार्यक्रम शुरु गरि ८ बजे जितगढीबाट हिड्ने बताए।
काठमाडौ, रुपन्देही, लमजुङ,हेटौडा,धरान,बाके,दाङ लगायतका ९५ जना साईकलिस्टहरुको सहभागीता रहने अध्यक्ष थापाले जानकारी दिए। उनले राइड टु रानिमहलमा सहभागीगरुलाई ईन्ट्री फि २५ सय राखिएको बताउदै सोही रकमबाट प्रतिब्यक्ती २ लाखको दुर्घटना बिमा गरिएको बताए।
१२० किलोमीटर लामो कार्यक्रम सञ्चालन गर्न साढे ५ लाख खर्च अनुमान गरिएको अध्यक्ष थापाले बताए।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद बिकास परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले खेल, स्वास्थ्य र पर्यटन संग जोडिएको बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।उनले यो वर्ष छोटो समयमा जानकारी पाएको बताउदै अर्को वर्ष देखि प्रदेशको तर्फबाट आर्थिक सहयोगका लागि पहल गर्ने बताए। उनले शुरक्षाको बारेमा ध्यान दिन आग्रह गरे।
जिल्ला खेलकुद बिकास समिति रुपन्देही अध्यक्ष हरि क्षेत्रीले पर्यटनसंग जोडेर हुन लागेको कार्यक्रम सफल बनाउन आवश्यक रहेको बताए। उनले वार्षिक रुपमा योजना ल्याएमा कार्यक्रमको लागि बजेटको ब्यवस्थापन गर्न सकिने बताए।
राईड टु रानिमहलमा पुष्कर शाह विश्व साइकलयात्री प्रमुख आकर्षकको रुपमा रहेको कार्यक्रम सम्योजक रिन्जी थापाले जानकारी दिइन।
कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल, साईकलिङ संघ रुपन्देही रुपन्देही सचिव अशोक राई लगायतले बोलेका थिए।
पत्रकार सम्मेलनमा टिसर्ट सार्वजनिक समेत गरिएको थियो। प्रदेश खेलकुद बिकास परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई,जिल्ला खेलकुद बिकास समिति रुपन्देही अध्यक्ष हरि क्षेत्री,साईकलिङ संघ रुपन्देही अध्यक्ष पुकार थापा,रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल, साईकलिङ संघ रुपन्देही रुपन्देही सचिव अशोक राई, कार्यक्रम सम्योजक रिन्जी थापाले संयुक्त रुपमा टिसर्ट सार्वजनिक गरिएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %