तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र मनाङ मर्स्याङदी भिड्ने

तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र  मनाङ मर्स्याङदी भिड्ने
0 0
Read Time:4 Minute, 26 Second

बुटवल । बुटवलमा जारी २२ औं सस्करणको तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र मनाङ मर्स्याङदीभिड्ने भएका छन।
बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमामनाङ मर्स्याङदीले ४-३ गोलअन्तरले फ्रेण्ड्स क्लवलाई लाई पराजित गरेको हो। निर्धारित ९० मिनेटको खेलमा २-२ को बराबरीमा खेल टुंगिएपछी खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
यो संगै पन्ध्रौ सस्करणको बिजेता समेत रहेको फ्रेन्ड्स क्लव सेमिफाइनल बाट नै बाहिरिएको हो।पेनाल्टी सुटआउटमा फ्रेण्ड्सका रुपेश केसी र डोना थापाले गोल गर्न नसक्दा क्लव बाहिरिएको हो।
मनाङ मर्स्याङदी जियनाथ सेख,अजित गुरुङ,विसन गुरुङ र आशिष गुरुङले गोल गरेका थिए भने फ्रेण्ड्स क्लवका अमित तामङ,विदेशिखेलाडी टोरिक जिब्रन र उत्तम राईले गोल गरेका थिए।
निर्धारित समयमा फ्रेण्डस क्लवका तर्फबाट २५ नम्बर जर्शिका बिदेशी खेलाडी रफिक अमेनुले खेलको ७ मिनेटमा नै गोल गरेका थिए। यस्तै खेलको २६ मिनेटमा २० नम्बर जर्शिका उत्तम राईले गोल गरेका थिए। पहिलो हापको ईजुरी समयमा मनाङ मर्स्याङदीका क्याप्टेन जर्शी नम्बर ४ का आशिष गुरुङले एक गोल गर्दै २-१ को अवस्थामा पुर्‍याएका थिए।

दोस्रो हापको २ मिनेटमा नै मनाङ मर्स्याङदीका २१ नम्बर जर्शिका प्रशन्न श्रेष्ठले गोल गर्दै २-२को अवस्थामा पुर्‍याएका थिए।
मनाङ मर्स्याङदी क्लवले नेपाल पुलिस क्लवलाइ २-१ गोलअन्तरले पराजित गर्दै मर्स्याङदी क्लव अन्तिम चारमा स्थान बनाएको थियो। क्वाटरफाईनलको खेलमा मनाङ मर्स्याङ्दीका लागि जर्शी नम्बर २१ का प्रशन्न श्रेष्ठ र जर्शी नम्बर १५ का चेतन कुमार थारुले एक एक गोल गरेका थिए नेपाल पुलिस क्लवका जर्शी नम्बर ९ का बुद्ध बल तामाङले एक गोल फर्काएका थिए।
खेलमा मनाङ मर्स्याङदीका क्याप्टेन आशिष गुरुङ म्यान अफ द म्याच भई ११ हजार १ सय ११ रकम सहित यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरे।
यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा सूदुरपश्चिम ११ ले थ्री स्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो।
फाईनल खेल चैत ११ गते शनिबार हुनेछ। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले जानकारी दिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %