महासंघको कार्यसमिति सदस्य पदमा अध्यक्ष कसजूले उम्मेदवारी दिने

महासंघको कार्यसमिति सदस्य पदमा अध्यक्ष कसजूले उम्मेदवारी दिने
0 0
Read Time:1 Minute, 47 Second

वुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

संघको सोमबार बसेको कार्यसमिति बैठकले महासंघको साधारण सभा तथा अधिवेशनको लागि प्रतिनीधि चयन गर्दै महासंघमा जिल्ला नगरबाट सदस्य पदमा अध्यक्ष कसजूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यहि चैतको २८ र २९ गते काठमाण्डौमा हुने ५७औं वार्षिक साधारण सभा तथा अधिवेशनको लागि मुख्य प्रतिनीधिमा अध्यक्ष कसजू सहित प्रतिनीधिमा निवर्तमान अध्यक्ष खिमबहादुर हमाल र वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलाई चयन गरिएको महासविच विमलराज भट्टराईले जानकारी दिए ।

अध्यक्ष कसजूलाई महासंघको सदस्य पदमा विजयी गराउनको लागि संघको तर्फबाट भूमिका खेल्दै विजयी गराउनको लागि सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई अनुरोध गरेको छ ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको एशोसियट सदस्य पदमा निर्वाचित भएकोमा संघका कार्यसमिति सदस्य आनन्दप्रसाद वझालाई सम्मान गरिएको छ । बैठकले संघले प्रत्येक वर्ष गर्दै आएको २९औं परिषद सभा बैशाखमा गर्ने निर्णय गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %