महासंघको कार्यसमिति सदस्य पदमा अध्यक्ष कसजूले उम्मेदवारी दिने
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र ८, २०७९
- 274 Shares
-
वुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
संघको सोमबार बसेको कार्यसमिति बैठकले महासंघको साधारण सभा तथा अधिवेशनको लागि प्रतिनीधि चयन गर्दै महासंघमा जिल्ला नगरबाट सदस्य पदमा अध्यक्ष कसजूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यहि चैतको २८ र २९ गते काठमाण्डौमा हुने ५७औं वार्षिक साधारण सभा तथा अधिवेशनको लागि मुख्य प्रतिनीधिमा अध्यक्ष कसजू सहित प्रतिनीधिमा निवर्तमान अध्यक्ष खिमबहादुर हमाल र वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलाई चयन गरिएको महासविच विमलराज भट्टराईले जानकारी दिए ।
अध्यक्ष कसजूलाई महासंघको सदस्य पदमा विजयी गराउनको लागि संघको तर्फबाट भूमिका खेल्दै विजयी गराउनको लागि सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई अनुरोध गरेको छ ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको एशोसियट सदस्य पदमा निर्वाचित भएकोमा संघका कार्यसमिति सदस्य आनन्दप्रसाद वझालाई सम्मान गरिएको छ । बैठकले संघले प्रत्येक वर्ष गर्दै आएको २९औं परिषद सभा बैशाखमा गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा