लुम्बिनीमा प्रदेश विपद् ब्यवस्थापन कार्ययोजना पारित गर्ने तयारी

बुटवल । लुम्बिनी प्रदेशमा लुम्बिनीमा प्रदेश विपद् ब्यवस्थापन कार्ययोजना पारित गर्ने तयारी भएको छ। मंगलबार प्रदेश राजधानी दाङमा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको आयोजनामा प्रदेश विपद् ब्यवस्थापन परिषदको बैठकले कार्ययोजना पारित गर्ने विषयमा छलफल भएको थियो।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीको अध्यक्षतमा भएको कार्यक्रमको बारेमा प्रष्ठ्याउदै आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख यम बहादुर कुँबरले विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना पारित गर्ने सम्बन्धमा यसका गतिबिधि जिम्मेबारीहरु विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन सम्बन्धी अगामी कार्यदिशा मौजुदा नीतिगत व्यवस्था र सिकाइ विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना सम्बन्धमा जानकारी गराएका थिए।
मुख्यमन्त्री गिरिले प्रदेशका जनताको सुरक्षा पहिलो प्राथमिकता रहेको बताउदै बिपद पुर्वतयारीका सबै कामहरु सम्पन्न गरेर तयार अवस्थाम रहन निर्देशन दिएका थिए।
कार्यक्रममा लुम्बिनि प्रदेशका मन्त्रालयहरु खानेपानी ग्रामिण तथा शहरी बिकास मन्त्रालयका आदरणीय चेत नारायण आचार्यले आफ्नो सान्दर्भिक बिपद रणनीतिक योजना र समसामयिक बिषयबारे बताएका थिए।
कार्यक्रममा मन्त्रालयका सचिबहरुले बिपद्को क्षेत्रमा आफुले गरेका कार्यहरु तथा अगामी दिनमा गर्नु पर्ने र रणनितिक योजनाले सहज हुने कुरा बताएका थिए। छलफलका विषयलाइ आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका सचिब आदरणिय लालबावु कवारीले खोज तथा उद्धारका सामाग्रीलाई खरिद गरि समयानुकुल बितरण गरिने बताएका थिए।
कार्यशालामा मन्त्रिहरु सचिब तथा सुरक्षा निकाय, युनिसेफ नेपाल गरि ३८ जनाको सहभागिता रहेको लुम्बिनी प्रदेश सुचना ब्यवस्थापन अधिकृत राज कुमार घिमिरेले जानकारी दिए।
लेखकको सम्वन्धमा