मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
0 0
Read Time:2 Minute, 46 Second

बुटवल । मनाङ मर्स्याङदी क्लव रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लवलाइ २-१ गोलअन्तरले पराजित गर्दै मर्स्याङदी क्लव अन्तिम चारमा स्थान बनाएको हो।

मनाङ मर्स्याङ्दीका लागि जर्शी नम्बर २१ का प्रशन्न श्रेष्ठले खेलको ३२ औ मिनेटमा र जर्शी नम्बर १५ का चेतन कुमार थारुले पहिलो हापको एक्स्ट्रा टाईममा एक एक गोल गरेका थिए। क्लवका १६ नम्बर जर्शिका खेलाडी अनिस पोमु लिम्बू र २४ नम्बर जर्शिका जीवन गुरुङले पहेँलो कार्ड पाएका थिए।

शुरुवाती देखि नै दबाबमा रहेको नेपाल पुलिसले एक गोल फर्काएपनी जितको लागि पर्याप्त भएन।नेपाल पुलिस क्लवका जर्शी नम्बर ९ का बुद्ध बल तामाङले एक गोल फर्काएका थिए। तामाङले दोस्रो हापको १७ औ मिनेटमा गोल गरेजा थिए।नेपाल पुलिस क्लवका ३३ नम्बरका खेलाडी मनोर राई र २९ नम्बर जर्शिका कृष्ण गुरुङले पहेँलो कार्ड पाएका थिए।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले जानकारी दिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %