बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन

बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन
0 0
Read Time:3 Minute, 4 Second

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा र सुन्दर सहरका रुपमा परिचित गराउनका लागि नियमित सरसफाईलाई थप व्यवस्थित गर्न निर्देशन दिएका छन।
बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न सोमबार बुटवलभित्रका टोलविकास संस्थाहरुसँग भएको छलफल कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले टोलविकास संस्था बुटवल उपमहानगरपालिकाकै अंग भएकाले नगरलाई सफा र सुन्दर बनाउने दायित्व रहने बताए ।
उनले बुटवलको सडक निर्माणका क्रममा भएका समस्या, पार्किङ समस्या, नाली व्यवस्थापनका लागि पनि टोलविकास संस्थाहरुले अगुवाई गर्दै व्यवस्थापन गर्नुपर्ने बताए । उनले घरभित्रको फोहोरलाई व्यवस्थापन गर्न घरपरिवार र घरबाहिरको फोहोर व्यवस्थापन गर्न टोलविकास संस्थाहरु र समग्र व्यवस्थापनको जिम्मा नगरको रहने भएकाले सोहीअनुसार काम गर्नुपर्ने बताए ।
नगरप्रमुख पाण्डेयले बुटवललाई देशकै अगुवा सहर बनाउनका लागि सबै क्षेत्रको साथ सहयोग र भूमिका आवश्यक रहेकाले सोहीअनुसार आ-आफ्नो ठाउँबाट बुटवललाई उत्कृष्ट बनाउनका लागि भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले विभिन्न क्षेत्रका व्यक्तिहरुसँगको अनुभवलाई लिएर नगरले सोहीअनुसार नीति र कार्यक्रम बनाउने बताईन । उनले बुटवललाई समृद्ध बनाउनका लागि सबै क्षेत्रको साथ जरुरी रहेको भन्दै टोलविकास संस्थादेखि नै सुधार अभियान थाल्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई सेवाप्रवाह र नीति निर्माणमा अग्रणी सहर बनाउनका लागि सबैक्षेत्रबाट लाग्नुपर्ने बताए । उनले सेवाप्रवाहलाई समयानुकुल परिस्कृत गर्दै जाने र प्रविधिमैत्री बनाउने बताए।
गत सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %