तिलोत्तमा गोल्डकप : दिपेश गुरुङको निर्णायक गोलसंगै थ्री स्टार १—० ले बिजयी

तिलोत्तमा गोल्डकप : दिपेश गुरुङको निर्णायक गोलसंगै थ्री स्टार १—० ले बिजयी
0 0
Read Time:2 Minute, 13 Second

बुटवल । बुटवलमा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको निकै प्रतिष्प्रर्धात्मक दोस्रो खेलमा थ्री स्टार क्लव बिजयी भएको छ । शनिबारदेखी शुरु भएको गोल्डकमा हिमालयन शेर्पा क्लवलाई १—० गोल अन्तरले पराजित गर्दे थ्री स्टार बिजयी भएको हो । यो जित संगै थ्री स्टार समेमिफाईनलमा प्रवेश गरेको छ ।

दोस्रो हापको ३८ मिनेटमा १८ नम्बर जर्सिका खोलाडी दिपेश गुरुङले गरेको गोल नै निणर्यक बनेको थियो । यसअघि शनिबार भएको खेलमा सुदूरपश्चिम-११ बिजयी भएको छ । खेलमा हिमालयन शेर्पाका १५ नम्बरका जर्सिका खेलाडी दिवस उराउले पहेँलो कार्ड पाएका थिए । ७ मिनेटको ईन्जुरी समयमा पनि कुनै गोल हुन सकेका थिएनन् । खेलकाे म्यान अफ द म्याच थ्री स्टारका लाेकेन लिम्बु भएका थिए । उनले ११ हजार १ सय ११ रुपैयाँ , करेन्ट चाउचाउ र यति हेल्मेट प्राप्त गरेका छन् ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
*

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %