यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दाहरुको बारेमा स्थानीय तहसंग अन्तरक्रिया

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दाहरुको बारेमा स्थानीय तहसंग अन्तरक्रिया
0 0
Read Time:2 Minute, 53 Second

बुटवल । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पाउनुपर्ने सुबिधाको बारेमा सबैले ध्यान दिनुपर्ने सरोकारवालाले माग गरेका छन।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको पक्षमा काम गर्दै आएको निलहिरा समाजको आयोजनामा आईतवार बुटवलमा सरोकारवाला नियाकहरुसंग भएको छलफलमा बोल्ने बक्ताहरुले जानकारी गराएका हुन।
यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायका मुद्दाहरुको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै ओपन सोसाईटी फाउन्डेसनकि कार्यक्रम संयोजक भूमिका श्रेष्ठले अहिले सम्म समुदायले भोग्दै आएका समस्याको बारेमा बताईन। उनले नागरिकताको कारणले सबैभन्दा समस्या भोग्नु परेको बताउदै यसको उचित ब्यवस्थापन हुनुपर्ने बताईन। नागरिकताको कारणले सरकारी क्षेत्रमा सहभागीता हुन नपाएको बताईन। श्रेष्ठले यो समुदायमा फरक फरक समयका ब्यक्तिहरु रहेको बताउदै फरक फरक लिङ्गी भएकोले पहिचानको लागि गाह्रो भएको बताईन।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले महिलाहरूले पाएको ३३ प्रतिशत अधिकार एकैपटक नपाएको बताउदै पटक पटकको प्रयासबाट आएकोले यो समुदाय पनि निरन्तर लड्दै जानुपर्ने बताईन।
उनले यो समुदायप्रती समाजको नजर सुधार नभएको बताउदै यसमा परिवर्तन गर्दै सिद्धार्थनगरले बजेट बिनियोजन गरेको बताईन। उनले शिक्षाबाट सरकारले बञ्चित नगरेको बताउदै कार्यक्रम लिएर नगरपालिकामा आएमा बजेट कमि हुन नदिने बताईन। उनले आवश्यक सहकार्य गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गरिन ।
कार्यक्रममा तुल्सा ज्ञवाली सैनामैना महिला बालबालिका तथा सामाजिक शाखा प्रमुख , सीता घिमिरे भन्डारी, प्रादेशिक संयोजक रेशम न्यौपाने लगायतले बोलेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्रालय,रुपन्देहीको बुटवल उपमहानगरपालिका,तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका,रोहिणी गाउपलिका, साहासी कदम नेपाल लगायतका सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको आनिक रानाले जानकारी दिइन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %