तिलोत्तमा गोल्डकप शुरु, पहिलो खेलमा सुदूरपश्चिम-११ बिजयी(तस्विरहरु)

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको पहिलो खेलमा सुदूरपश्चिम-११ बिजयी भएको छ । आजदेखि बुटवलमा सुरु भएको गोल्डकपमा घरेलु टिम रुपन्देही-११ लाई ३ – १ को गोलअन्तरले पराजित गर्दै सुदूरपश्चिम-११ समेमिफाईनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिम-११ का फाग्लुराम थारुको २ गोल गरेका थिए । उनी म्यान अफ द म्याच समेत भएका थिए । सुदूरपश्चिम-११ ले सोम्य हार्दिकले पहिलो हाफमा गरेको १ गोलबाट अग्रता लिएका थियो । गोल गरेका थिए भने रुपन्देही-११का फोडे फोफेनाले सान्त्वना गोल गरेका थिए । उनले ईन्जुरी समयमा गोल फर्काएका थिए ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा शुरु भएको गोल्डकको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए । दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनले जानकारी दिए ।
लेखकको सम्वन्धमा