कृषिमा अनुदान कटौती गर्ने निणर्य फिर्ता लिन किसान महासंघ रुपन्देहीको माग

कृषिमा अनुदान कटौती गर्ने निणर्य फिर्ता लिन किसान महासंघ रुपन्देहीको माग
0 0
Read Time:2 Minute, 53 Second

बुटवल । कृषि क्षेत्रमा अनुदान कटौती गर्ने निणर्य अविलम्ब फिर्ता लिन सरकारसँग सरोकारवालाले माग गरेका छन।
नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देहीले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाउँदै सरकारले गरेको यो निणर्यले समग्र कृषि क्षेत्र र आम उपभोक्ता मारमा परेको भन्दै महासंघले निणर्य फिर्ता लिन माग गरेको हो ।
‘किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुका सट्टा उनीहरुलाई थप मारमा पर्ने गरी आएको सरकारको यसप्रकारको गैरजिम्मेवार निणर्यप्रति अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देही खेद प्रकट गर्दै घोर भ्रत्सना गर्दछ, ’ज्ञापनपत्रमा उल्लेख छ ।
माग सम्बोधन नगरिए देशभरका किसान सडकमा उत्रिन बाध्य हुने र यसको जिम्मेवार सरकार हुने अखिल नेपाल किसान महासंघ, रुपन्देहीका अध्यक्ष कृष्ण पन्थीले बताए । ‘रासायनिक मलमा भएको यसप्रकारको कटौतीले कृषि उत्पादनमा लागत बढ्न गइ कृषि उपजहरुको मूल्यमा भारी मात्रामा वृद्धि हुनेछ । यसको सिधा प्रभाव मूल्यवृद्धि भइ उपभोक्ता मारमा पर्ने स्थिति देखिन्छ, पन्थीले भने, ‘खेतीको समयमा सदैव मलको अभाव खेपिरहेका किसानलाई अझ थप समस्यामा धकेल्ने गरी आएको अनुदान कटौतीको यो निणर्यले किसान र कृषि क्षेत्रलाई थप निरुत्साहित गरेको छ । ’सरकारको यो निणर्यले मुलुकमा उत्पादन घट्न गइ खाद्य सुरक्षा आँच आउने जोखिम बढेको उनले बताए ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अखिल नेपाल किसान महासंघबाट प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताए ।
कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निणर्य गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %