बुटवल वडा नम्बर ८ द्वारा स्वास्थ्य स्वयंसेविकालाई सम्मान

बुटवल वडा नम्बर ८ द्वारा स्वास्थ्य स्वयंसेविकालाई सम्मान
1 0
Read Time:3 Minute, 10 Second

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले वडा भित्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको छ।
शुक्रवार वडा कार्यालय सुख्खानगरमा एक कार्यक्रमको आयोजना गर्दै वडामा सक्रिय १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो।
जनस्तरमा स्वास्थ्य सचेतनाको मुख्य वाहकको रूपमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई वडा अध्यक्ष यज्ञ प्रसाद पङ्गेनी, वडा सदस्यहरू तुल बहादुर थापा, सबिता बिक,हरिहर ज्ञवाली लगायतले सम्मान गरेका हुन।
सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष पङ्गेनीले महिला स्वास्थ्य स्वयंसेविकाहरूको कारणले वडाको स्वास्थ्य सुधार भएको बताउँदै पहिलो प्रयास स्वरूप सम्मान गरिएको बताए। उनले स्वास्थ्य स्वयंसेविकाहरूको लागि आगामी दिनमा सम्मानलाई निरन्तरता दिने बताउँदै नयाँ प्रयास गर्ने बताए। वडा तहमा अहिलेसम्म भएका कामहरूको बारेमा बताउँदै वडा अध्यक्ष पङ्गेनीले अर्को वर्ष ल्याउने योजनाहरूको बारेमा बताए।
कार्यक्रममा बोल्दै वडा सदस्य सबिता विकले अन्य वडाहरूले जस्तै यो वडाले पनि स्वास्थ्य स्वास्थ्य स्वयंसेविका लाई सम्मान गर्ने बताउँदै आगामी वर्षमा पनि अन्य प्रोत्साहनमूलक कामहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् । 
स्वास्थ्य स्वयंसेविका वडा संयोजक उमा देवी न्यौपानेले समाज सेवाको भावले काम गरिरहेको बताउँदै वडाले गरेको यो प्रोत्साहनले काम गर्न उत्साह थपेको बताइन् । उनले आगामी दिनमा पनि प्रोत्साहनमूलक कामहरू गर्न आग्रह गरिन् । 
स्वास्थ्य स्वयंसेविका माया गौतमले पछिल्लो समय सरकारले केही प्रोत्साहनको काम गरेको भए पनि अझै पर्याप्त नभएको बताउँदै यसमा ध्यान दिन आग्रह गरिन् । 
कार्यक्रममा उमा देवी न्यौपाने,माया गौतम, सरस्वती घिमिरे, रुक्मिणी भट्टराई, शिला घिमिरे, विनीता भट्टराई, सरस्वती ज्ञवाली, भागीरथी न्यौपाने, रेनुका पुरी गिरी र शिला पौडेललाई ब्याग र छाता सहित सम्मान गरिएको वडा सचिव सुन्दरी आचार्यले जानकारी दिइन् । वडा अध्यक्ष पङ्गेनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सहायक मिना आचार्यले गरेकी थिइन् ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %