‘स्थानीय तहमा एकल महिलाहरुको भूमिका महत्त्वपूर्ण’

बुटवल । स्थानीय तहमा एकल महिलाहरुको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन।एकल महिलाहरुको हक हितमा काम गर्नको लागि एकल महिलाले विषेश काम गर्न सक्ने बताउदै उनिहरुले एकल महिलाको सहभागिता सुनिश्चित गर्न आग्रह गरेका हुन।
११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिहीवार बुटवलमा भएको स्थानिय तहमा एकल महिलाहरुको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले एकल महिलालाई हरेक स्थानमा अवसर प्रदान गर्नुपर्ने बताएका हुन।
मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजना तथा क्रुभे वुस्ट्रो परियोजनाको आर्थिक सहयोगमा आयोजित अन्तरक्रियामा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ८ अध्यक्ष यज्ञ पङेनीले वडाले एकल महिलाको हितमा काम गरिरहेको बताए।
उनले बुटवल ८ र उपमहानगरले एकल महिलाहरुलाइ प्रोत्साहन हुने किसिमका कामहरु गर्दै आएको बताउदै वडा तह र नगर स्तरमा हुने कार्यक्रममा सहभागीता सुनिश्चितता गर्दै आएको र गर्दै जाने प्रतिवद्धता ब्यक्त गरे।
कार्यक्रममा बोल्दै मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देही अध्यक्ष राधिका श्रेष्ठले सस्थाले एकल महिलाहरूलाई एकताबद्ध गरेको बताउदै द्वन्द्वबाट पिडितलाई राहतको ब्यवस्थापन गर्नुपर्ने बताईन। उनले हरेक स्थानिय तह र वडा तहमा समुह बिस्तार गरेको बताउदै उनले एकल महिलालाई हरेक कार्यमा समावेश गर्नुपर्ने बताईन।
स्थानिय तहको विभिन्न पदमा निर्वाचित महिलाहरू तथा मानव अधिकारको लागि महिला एकल महिला समूहका बुटवल उपमहानगरपालिका भित्रका वडा समुहका अध्यक्ष एव प्रतिनिधिको सहभागीता रहेको जिल्ला सचिव रिता सेनले जानकारी दिइन।
कार्यक्रममा प्रदेश अध्यक्ष जानुका घिमिरे, जनप्रतिनिधि माया दर्नाल लगायतले बोलेका थिए। महिला दिवस लैङ्िगक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुचको बिस्तार भन्ने नाराका साथमा विभिन्न कार्यक्रम गरेर मनाईएको हो।
लेखकको सम्वन्धमा