रुकुम पूर्वमा कुसुमदेबी थापाको घरदैलो तीव्र, प्रचण्डलाई सहजै पराजित गर्ने दाबी

रुकुम पूर्वमा कुसुमदेबी थापाको घरदैलो तीव्र, प्रचण्डलाई सहजै पराजित गर्ने दाबी
0 0
Read Time:2 Minute, 54 Second

रुकुम पूर्व । कुसुमदेबी थापा यतिबेला रुकुम पूर्वमा घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेकी छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै उनी बिहानदेखि साँझसम्म विभिन्न बस्ती र टोलमा पुगेर मतदाताका समस्या, अपेक्षा र सुझाव सुन्दै आएकी छन्।

घरदैलोका क्रममा मतदाताबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफू चुनाव जित्नेमा ढुक्क रहेको थापाले बताइन्। “जनताको अपार माया र समर्थन पाएकी छु, यसले मलाई अझ जिम्मेवार बनाएको छ,” उनले भनिन्, “यो समर्थन मतमा परिणत हुनेमा म विश्वस्त छु।”

नेपाली कांग्रेसकी उम्मेद्वार थापाले नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल लाई यस क्षेत्रबाट सहजै पराजित गर्ने दाबी दोहोर्‍याएकी छन्। उनका अनुसार रुकुम पूर्वका मतदाताले अब स्थिरता, पारदर्शिता र विकासमुखी नेतृत्व चाहेका छन्। “निर्वाचन जनताको विश्वासको परीक्षा हो, र त्यो विश्वास ममाथि छ भन्ने अनुभूति घरदैलोमा पाइरहेकी छु,” उनले भनिन्।

रुकुम पूर्वमा करिब ८० प्रतिशत मगर समुदायको बसोबास रहेको उल्लेख गर्दै थापाले आफू मगर समुदायको प्रतिनिधि उम्मेद्वार भएको दाबी गरिन्। उनले समुदायको पहिचान, अधिकार र आर्थिक समृद्धिका पक्षमा दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता जनाइन्।

घरदैलो अभियानका क्रममा उनले सडक पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित खानेपानी र स्थानीय स्तरमै रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरिरहेकी छन्। युवा, महिला तथा ज्येष्ठ नागरिकसँग छुट्टाछुट्टै अन्तरक्रिया गर्दै उनले समावेशी विकासको खाका अघि सारेकी छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा रुकुम पूर्वमा राजनीतिक चहलपहल बढ्दै गएको छ। प्रतिस्पर्धा रोचक हुने अनुमानका बीच थापा भने जनताको साथ र विश्वासकै बलमा आफू विजयी हुने दाबी गर्दै घरदैलो अभियानलाई निरन्तरता दिइरहेकी छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %