रुपन्देहीमा ६ जना पूर्वमन्त्री चुनावी मैदानमा

रुपन्देहीमा ६ जना पूर्वमन्त्री चुनावी मैदानमा
0 0
Read Time:3 Minute, 16 Second

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल बढेको छ । केही अनुभवीका साथै केही नयाँ उमेदवार चुनावी मैदानमा छन् ।

हाइप्रोफाइल उमेदवारहरूले प्रतिस्पर्धा गरेका क्षेत्रमा धेरैको चासो छ । रुपन्देही पनि यसबाट अछुतो छैन । प्रतिनिधिसभातर्फ रुपन्देहीमा पाँच निर्वाचन क्षेत्र छन् । त्यसमध्ये चार निर्वाचन क्षेत्रबाट ६ जना पूर्वमन्त्रीहरू चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये तीनजना पूर्वमन्त्री र तीनजना पूर्वराज्यमन्त्री हुन् ।

यी हुन् पूर्वमन्त्री उमेदवार

रुपन्देही- १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट घनश्याम यादव उमेदवार बनेका छन् । उनी पूर्व स्थानीय विकास राज्यमन्त्री हुन् । यादव ०६४ सालमा सोही निर्वाचन क्षेत्रबाट तत्कालीन नेकपा (माओवादी) बाट निर्वाचित भएका थिए ।

त्यसपछिका चुनावमा उनी पश्चिम नवलपरासीबाट उमेदवार बने पनि पराजित भएका थिए । यसपटक उनी पुनः उनी रुपन्देही–१ बाट उमेदवार बनेका हुन् ।

त्यस्तै क्षेत्र नम्बर २ मा नेकपा (एमाले) बाट उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल पुनः उमेदवार बनेका छन् । पौडेल ०६४, ०७०, ०७४ र ०७९ सालमा निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर ४ मा जनता समाजवादी पार्टी (जसपा), नेपालबाट पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ल उम्मेदवार बनेका छन् । ०७९ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित शुक्ल यसपटक पनि उमेदवार बनेका हुन् । उनले शिक्षासहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट पूर्व अर्थराज्यमन्त्री भरत कुमार शाह उमेदवार छन् । उनी ०७० र ०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, ०७९ मा भने एमालेका उमेदवार बासुदेव घिमिरेसँग पराजित भएका थिए । उनी यसपटक पनि उमेदवार बनेका छन् ।

क्षेत्र नम्बर ५ मा जनता समाजवादी पार्टी, नेपालबाट पूर्व वनमन्त्री मोहम्मद वकील मुसलमान उमेदवार छन् । त्यस्तै जनमत पार्टीबाट पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) उमेदवार बनेका छन् । उनी ०६४ सालमा रुपन्देही-३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %