जसपाका उमेदवार श्रीनिवास यादव एमाले प्रवेश

जसपाका उमेदवार श्रीनिवास यादव एमाले प्रवेश
0 0
Read Time:1 Minute, 0 Second

बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उमेदवार नेकपा (एमाले) प्रवेश गरेका छन् । जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका उमेदवार श्रीनिवास यादव एमाले प्रवेश गरेका हुन् ।

उनलाई भैरहवामा पार्टीका तर्फबाट एमाले नेता एवं केन्द्रीय सदस्यलगायतले पार्टी प्रवेश गराएका हुन् । श्रीनिवासले आफ्नो उमेदवारी निष्क्रिय पारी एमाले उमेदवार वासुदेव घिमिरेलाई समर्थन गरे बताए ।

रुपन्देही–३ का मतादाताको मनोभावना एमालेभन्दा अरू नदेखिएको र राष्ट्रियताका विषयमा एमाले महत्त्वपूर्ण शक्ति भएको निष्कर्ष निकाल्दै एमाले प्रवेश गरेको श्रीनिवासले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %