युवा अभियान अन्तर्गत प्रदेशस्तरीय युवा मञ्चको १२ बुँदे घोषणापत्र जारी

युवा अभियान अन्तर्गत प्रदेशस्तरीय युवा मञ्चको १२ बुँदे घोषणापत्र जारी
0 0
Read Time:3 Minute, 0 Second

बुटवल । लोकतन्त्र, महिला अधिकार र युवा सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको युवा अभियान अन्तर्गत प्रदेशस्तरीय युवा मञ्चको बैठकले १२ बुँदे ‘बुटवल घोषणापत्र–२०८२’ जारी गरेको छ।

घोषणापत्रमा युवाहरू र महिलाका मुद्दा कति हदसम्म सम्बोधन हुने, राजनीतिक दल र भावी सरकारका नीति तथा कार्यक्रमहरूमा ती विषय कसरी समेटिनुपर्ने भन्नेबारे छलफल गरिएको छ। कार्यक्रमको सहजीकरण राजनीतिज्ञ शंकर भण्डारीले गरेका थिए भने ओरेककी कार्यक्रम संयोजक सावित्री विकले कार्यक्रम समन्वय गरेकी थिइन्।

बैठकमा रुकुमबाहेक लुम्बिनी प्रदेशका सबै जिल्लाबाट आएका करिब ९० जना युवाको सहभागिता रहेको थियो। अवसर, चुनौती, भूमिका र मागका विषय समेटेर तयार पारिएको घोषणापत्र राजनीतिक दल तथा अब बन्ने सरकारलाई मार्गदर्शन गर्ने उद्देश्यले सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

दलित अधिकारकर्मी मुना विकले घोषणापत्र सार्वजनिक गर्दै महिला र युवालाई केवल ‘भोट बैंक’का रूपमा प्रयोग नगर्न चेतावनी दिइन्। घोषणापत्रमा नेतृत्व पुस्तान्तरणलाई अर्थपूर्ण बनाउने, टिकट वितरणमा महिला र युवालाई प्राथमिकता दिने, नेतृत्वका लागि उनीहरूलाई अघि सार्ने, ३३ प्रतिशत महिला तथा युवा सहभागिता सुनिश्चित गर्ने तथा आगामी निर्वाचनका घोषणापत्रमा महिला र युवाका मुद्दा स्पष्ट रूपमा समेट्नुपर्ने माग राखिएको छ।

युवा अभियान धनगढीबाट सुरु भई हाल लुम्बिनी पुगेको हो। अभियान आगामी दिनमा मधेश प्रदेश हुँदै निर्वाचनपछिका चार प्रदेशमा विस्तार गरिने जानकारी दिइएको छ। घोषणापत्रलाई आफ्ना उम्मेदवार तथा राजनीतिक दललाई प्रत्यक्ष रूपमा बुझाउने योजना समेत रहेको आयोजकले बताएका छन्।

ओरेकसहित १० वटा संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा ‘महिलाका लागि महिला मञ्च’की संस्थापक अध्यक्ष सिर्जना पुनले लुम्बिनी प्रदेशको कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै सबै राजनीतिक दल र उम्मेदवारले घोषणापत्रका माग अनिवार्य रूपमा समेट्नुपर्ने बताइन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %