सामाजिक सञ्जाल र चिनजानको बहानामा सहजै मानव वेचविखन, बाहिरियाे डरलाग्दाे तथ्यांक

सामाजिक सञ्जाल र चिनजानको बहानामा सहजै मानव वेचविखन, बाहिरियाे डरलाग्दाे तथ्यांक
0 0
Read Time:9 Minute, 22 Second


बुटवल ।
पछिल्लो समय निकै प्रयोग हुँदै आएको प्रविधिले सकारात्मक कुराहरु गरिरहँदा मानव वेचविखन जस्तो जघन्य अपरासधको बाटो समेत बलियोगरि सामातेको पाईको छ । समय परिवर्तन हुँदैगर्दा अपराधका शैलीहरु समेत परिवर्तन भएका पाईएका छन् ।
सामाजिक सञ्जालमा जोडिएको अपरिचित साथि आफ्‌नो म्युचुअल फ्रेण्ड देख्दा चिनेको लाग्नेदेखी उसले बिभिन्न प्रलोभवन देखाउँदै बेचविखिन हुँदा समेत पत्तो नपाउनु पनि प्रविधिकै डरलाग्दो पक्ष बन्दै गएको छ ।

यसैकाे उदाहरण नै भनाै फेसबुकबाट परिचितको प्रलोभनमा परेर भारत जांदै गरेका ६ किशोरीको रुपन्देहीबाट उद्धार गरिएको छ। माइती नेपाल आवधिक गृह भैरहवा र इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीको संयुक्त पहलमा गत आइतबार ६ जना किशोरीहरूलाई बेलहिया नाकाबाट उद्धार गरियो । भैरहवास्थित माइती नेपालको कार्यालयले भारतको राजस्थान जोतपुरमा काम लगाइदिने भन्दै त्यसतर्फ लैजाँदै गरेको अवस्थामा ६ किशोरीहरूको उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको रुपन्देही प्रहरीले जनाएको छ। ।

रुपन्देही सहित कपिलवस्तु, गुल्मी, सिन्धुली लगायतका जिल्लाका किशोरीहरूलाई दलालहरुले किशोरिहरुका आफन्त बनेर लैजादै गरेको अवस्थामा फेला पारेपछि उनीहरुलाई बेलहिया नाकाबाट भैरहवा फिर्ता गरिएको थियो। बेलहिया पुगेका उनीहरुलाई शंका लागि सोधपुछ गर्दा दलालले मासिक १० हजार भारतीय रुपैयाँ तलब पाईन्छ भन्दै भारत लैजाँन लागेको खुलेपछि भैरहवा फिर्ता गरिएको माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीले बताइन्।
झाडुपोछा तथा बिरामीको हेरचाहको काममा लगाउने भन्दै १५, १७ र १८ वर्ष उमेरका किशोरीहरू अभिभावकको सल्लाहमै त्यसतर्फ जान लागेको उनीहरूले बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकबाट चिनजानका आधारमा ती किशोरीहरूलाई भारततर्फ लैजाने प्रयास गरिएको र राजस्थानमा एक जनाले त्यहाँ पुगेपछि व्यवस्थापन गर्ने भनिएको उनीहरूले बताएका छन्।
जानका लागि टिकटबापत लाग्ने खर्च समेत भारतबाटै काटेर पठाएको पनि उनीहरूले जानकारी गराएका छन्। किशोरीहरूलाई प्रहरी तथा सञ्चारकर्मीको रोहबरमा माइती नेपालको आवधिक गृहमा राखेर अभिभावकको जिम्मा लगाइएको थियो।

पहिले बिहे अहिले अफर

महिला तथा बालबालिकाको बेचविखन नया नयाँ शैलीले हुन थालेपछि उद्वार गर्न चुनौतिपूर्ण हुने गरेको छ । समय अनुसार शैली पनि परिवर्तन हुदै गर्दा मानव बेचविखनविरुद्ध काम गर्ने निकायलाई उद्वार गर्न समस्या हुने गरेको छ ।
सामाजिक सञ्जालमा जोडिएको साथिले रोजगगारी वा आम्दानीको प्रलोभवन दिदा घरको आर्थिक अवस्था कमजोर हुनु, घरमा भोगेको हिंसा र बिभेद हट्नु , गाउँठाउँका मान्छे चिनेको भरमा खुल्ला सिमानाबाट सिधै बेचविखनमा युवाअवस्थाका बालिकाहरु तस्करको हात लाग्ने गरेको तथ्यांक छ ।

चेलिबेटी बेचविखन अन्त्य गर्नका लागि र बाह्य मुलुकमा अप्ठ्यारोमा परेकाहरुलाई स्वदेश फर्काउने र पुनर्स्थापनाका क्षेत्रमा काम गर्दै आएको माइती नेपालले खुल्ला सिमाना निर्वाद प्रवेश, बेचबिखनका लागी दलालहरुले नया नया स्वरुप तथा शैलीहरु परिवर्तन गरिरहनु, महिला तथा बालबालिकाहरु माथी हुने घरेलु हिंसा जस्ता समस्यामा कमी नहुनु, सिमावर्ती शहर नजिकै नेटवर्किङ कम्पनी र अर्केष्टा जस्ता बैण्डहरु खोलिनु, मुख्य नाकाहरुमा सरकारी संयन्त्र बाट मनिटरिङ नहुनु, नेपालका विभिन्न भागहरुबाट धेरै महिलाहरु भारतिय नाका हुदै खाडी मुलुक तर्फ जाने प्रवृती बढदो हुनुले मानव बेचविखन, ओसारपसार र हिंसाको घटना हुने गरेको माइती नेपाल, रुपन्देही कार्यक्रम संयोजक माया क्षेत्रीले बताइन ।

उनले सहजताका लागि नेपालको विभिन्न क्षेत्रबाट भारतका विभिन्न मुख्य शहर जाने सिधा नेपाल भारत मैत्री बसको दुरुपयोगले मानव बेचविखन, ओसारपसारको घटना बढि भएको बताइन । चेलिबेटी बेचबिखनलाई अन्त्य गर्ने अठोटका साथ २०४९ मा स्थापित माइती नेपालले रुपन्देहीबाट निरन्तर बेचिने खतारामा रहेका चेलीहरुलाई जनचेतना फैलाउने, बेचिएका चेलीहरुलाई उद्धार गरेर स्वदेश फर्काउने र उनीहरुको पुनस्थापना गर्ने कार्य गरेको पनि बताउँछीन् ।

अधिकांश उद्धार गरिएका नेपाल भार मैत्री बस थिए

माइति नेपालले १८८ जना चेलीहरुको उद्दार गरेको जनाएको छ । रुपन्देहीमा उद्वार गरिएको मध्ये अधिकांस नेपाल भारत मैत्री बसबाट फेला परेको माइती नेपालको तथ्याङकमा छ । यताबाट सहजै रुपमा गनतव्यमा पुग्ने भएकोले भरियाहरुले यस्को प्रयोग बढाएको पाइएको छ । रुपन्देहीको सीमा नाका हुँदै भारत तर्फ जाने अधिकांश चेलीबेटीहरु मध्ये अधिकांश मानव वेचविखन तथा ओसार पसारको समस्यामा १८–२५ वर्ष उमेर समुहका वढी रहेको पाइएको छ ।
माइती नेपाल, रुपन्देहीले वार्षिक प्रगती सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा भारतका विभिन्न ठाउबाट १३ जनाको उद्दार गरेको क्षेत्रीले बताईन । सीमामा राखिएको परामर्श केन्द्रबाट ६ हजार ४५ जनालाई परामर्श सेवा, जिल्ला प्रशासनको परामर्श केन्द्रबाट १ हजार ९० जनालाई परामर्श प्रदान गरिएको बताइन । एक वर्षमा ५ हजार ९ सय २७ थान प्रर्चा पम्प्लेट वितरण गरिएको छ । खोजतलास सम्वन्धी २६ जनाको निवेदन परेकोमा ३ जना फेला परेका छन । घरेलु हिंसा सम्वन्धी ११ जनाको निवेदन परेको र यस वर्ष ४ हजार १ सय ९ वटा सार्वजनिक यातायात सेवालाई चेकजाच गरिएको उनले बताइन ।

रुपन्देहीका ३३ जनाको उद्दार, यस्तो छ पालिकागत अवस्था

क्षेत्रीले रुपन्देहीबाट पनि भारत जाने चेलीबेटीहरुको उल्लेख्य संख्यामा उद्दार गरिएको उनले बताइन । यस अवधिमा रुपन्देहीका विभिन्न क्षेत्रका ३३ जनाको उद्दार गरिएको छ । जसमा सिद्धार्थनगर नगरपालिकाका ३ जना, तिलोत्तमा नगरपालिकाका ४, बुटवल उप–महानगरपालिकाका ४, सैनामैना नगरपालिका ६, ओमसतिया गाउँपालिकाका ३, मर्चवारी गाउँपालिकाको १ जना, सम्मरीमाई गाउँपालिकाकाको २, सियारी गाउँपालिकाको १ जना, रोहिणी गाउँपालिकाको २, कञ्चन गाउँपालिकाको २, देवदह नगरपालिकाको ३ जना, गैडहवा गाउँपालिकाको १ जना र लुम्बिनी साँस्कृतिक नगरपालिकाको १ जनाको उद्दार गरिएको छ ।यस्तै रुपन्देहीमा विगतको वर्ष भन्दा अहिले सिमाबाट उद्वारको घटना कम भएको देखिन्छ । २०७८ सालमा २८५ जनालाई सिमाबाट उद्वार गरिएकोमा २०७९ मा २१७ जना, २०८० मा १६७ र २०८१ मा ११३ जनालाई उद्वार गरिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %