तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम
- लुम्बिनी प्रेस संवाददाता
- माघ १९, २०८१
- 296 Shares
-
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १६ मा बालबालिकाहरुका लागि ३ दिने उद्धोषण तालिम प्रदान गरिएको छ ।बालमैत्री स्थानीय शासन समिति तिलोत्तमा १६ रुपन्देहीको आयोजनामा बाल समूह तथा वाल संजाल समूहका बाललिकाहरुका लागि ३ दिने तालिम प्रदान गरिएको हो ।
समापन समारोहमा बोल्दै तिलोत्तमा नगरपालिका १६ का वडा सदस्य माया चौधरीले वालवालिकाहरुलाई सिप सिकाउनु महत्वपूर्ण रहेको बताउँदै व्यवहारिक सिपले बालबालिकालाई आत्मनिर्भर बनाउने बताईन् ।

वडा सदस्य हुम बहादुर गाहले बालमैत्री शासन लागु भएको तिलोत्तमा नगरपालिकामा बालबालिकाको हित तथा क्षमता बिकासमा बिभिन्न कार्यक्रमहरु भईरहेको बताए ।

यस्तै वडा सदस्य जानकी सुनारले वालमैत्री भएसंगै बालबालिकामा गरेको लगानीले ल्याउँछ सुनौलो बिहानी भन्ने नारा प्रभावकारी बन्दै गईरहेको बताईन् ।
माघ १६, १७ र १८ गतेसम्म सञ्चालन भएको तालिम सञ्चारिका समूह रुपन्देहीका सचिव पूजा पन्थीले प्रशिक्षण प्रदान गरेकी थिईन् ।

नवसोच पवित्र आमा समूहको सभाहलमा भएको तालिममा ५० जना बालबालिकाहरु सहभागि रहेको सहजकर्ता चन्दा घिमिरेले जानकारी दिईन् ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा