तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १६ मा बालबालिकाहरुका लागि ३ दिने उद्धोषण तालिम प्रदान गरिएको छ ।बालमैत्री स्थानीय शासन समिति तिलोत्तमा १६ रुपन्देहीको आयोजनामा बाल समूह तथा वाल संजाल समूहका बाललिकाहरुका लागि ३ दिने तालिम प्रदान गरिएको हो ।
समापन समारोहमा बोल्दै तिलोत्तमा नगरपालिका १६ का वडा सदस्य माया चौधरीले वालवालिकाहरुलाई सिप सिकाउनु महत्वपूर्ण रहेको बताउँदै व्यवहारिक सिपले बालबालिकालाई आत्मनिर्भर बनाउने बताईन् ।
वडा सदस्य हुम बहादुर गाहले बालमैत्री शासन लागु भएको तिलोत्तमा नगरपालिकामा बालबालिकाको हित तथा क्षमता बिकासमा बिभिन्न कार्यक्रमहरु भईरहेको बताए ।
यस्तै वडा सदस्य जानकी सुनारले वालमैत्री भएसंगै बालबालिकामा गरेको लगानीले ल्याउँछ सुनौलो बिहानी भन्ने नारा प्रभावकारी बन्दै गईरहेको बताईन् ।
माघ १६, १७ र १८ गतेसम्म सञ्चालन भएको तालिम सञ्चारिका समूह रुपन्देहीका सचिव पूजा पन्थीले प्रशिक्षण प्रदान गरेकी थिईन् ।
नवसोच पवित्र आमा समूहको सभाहलमा भएको तालिममा ५० जना बालबालिकाहरु सहभागि रहेको सहजकर्ता चन्दा घिमिरेले जानकारी दिईन् ।
लेखकको सम्वन्धमा