नेपाल तमु( गुरुङ ) विद्यार्थी छोंज धीं को २८ औ स्थापना बुटवलमा मनाईयो

नेपाल तमु( गुरुङ ) विद्यार्थी छोंज धीं को  २८ औ स्थापना बुटवलमा मनाईयो
1 0
Read Time:4 Minute, 0 Second

बुटवल । नेपाल तमु( गुरुङ ) विद्यार्थी छोंज धींको २८ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएका छन। २०५२ साल माघ २६ गते रुपन्देहीमा भिम गुरुङको अध्यक्षतामा स्थापना भएको दिनलाई छोंज धींले स्थापना दिवसको रुपमा मनाएको पत्रकार सम्मेलन गरि जानकारी गराएको हो।

‘जुन ठाउमा स्थापना भएको हो त्यहि ठाउमा दिवस मनाऔ’ भन्ने उद्देश्य सहित यस वर्ष बुटवलकै गुम्बामा केक काट्ने, दिप प्रज्वलन सहित केन्द्रिय समिति बैठक बसेको केन्द्रिय महासचिव पवन गुरुङले बताए।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाल तमु( गुरुङ ) विद्यार्थी छोंज धींका महासचिव गुरुङले स्थापना दिवसकै अवसरमा तमु समुदायबाट मृत्यु भएका सुकदेब गुरुङको शालिक भैरहवामा माल्यार्पण गर्दै बैठकले भावि कार्ययोजनाको विषयमा छलफल गरेको उनले जानकारी दिए।

अध्यक्ष विश्वराज गुरुङले स्थापना दिवस स्थापना कालकै स्थापना भएको ठाउमा कार्यक्रम गर्नु ऐतिहासिक कुरा भएको दाबी गरे। उनले बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशमा स्थापना स्थापना भएको बताउदै विद्यार्थीहरुमा परिवर्तनकारी शक्तिको रुपमा रहेको उल्लेख गरे।
उनले नेपाल सरकारले आफ्नो समुदायलाई हेर्ने दृष्टिकोण नफेरीनु दु:खद भएको बताउदै परिवर्तनका निम्ति आहुती दुने सुकदेब गुरुङहरुलाई सहित घोषणा नगर्नुले आदिवासीका मागप्रति सकारात्मक नदेखिएको दाबी गरे।

उनले सहिद घोषणा गर्न सरकार समक्ष ज्ञापनपत्र लैजाने बैठकले निर्णय गरेको बताए। प्रदेश ,जिल्ला लगायतमा संगठन बिस्तारलाई तिब्रता दिने उल्लेख गरे।
उनले पैसाकै कारणले आधारभुत शिक्षा एवं पोषक बितरण गर्नको लागि नेपालीबाट रु १०० र बिदेशमा रहनेले १ डरल गरि अक्षयकोष स्थापना गरिएको बताए। कोषाध्यक्ष रोहित गुरुङको संयोजकत्वमा अभियान सञ्चालन गरेको उनले बताए।
कार्यक्रममा तमु ह्युल छाेंज धिं गुरुङ राष्ट्रिय परिषदका युवा एवं विद्यार्थी बिभाग प्रमुख जिएस गुरुङले विद्यार्थीहरुलाई गुरुङ भाषा सस्कृती लिपि लगायतका संरक्षणका साथै नेतृत्वदायी भूमिका निर्वाह गर्न गराउने काम गरिरहेकी बताए।
३ वटा प्रदेश र २५ जिल्लामा संगठन रहेको बताउदै ६ हजार बढी विद्यार्थीहरु आवद्ध रहेको बताए।
तमु ह्युल छाेंज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अनुसासन तथा अनुगमन सदस्य धन बहादुर गुरुङ, केन्द्रिय महिला उपाध्यक्ष एव नवलपरासी अध्यक्ष सुम्या गुरुङ, लुम्बिनी प्रदेश अध्यक्ष खेम गुरुङ,कोशी प्रदेश प्रमुख सृजना गुरुङ, बाके जिल्ला अध्यक्ष प्रकाश गुरुङ, बिदेश बिभाग प्रमुख अनुपम गुरुङ, तमु युवा ह्युला छाेंज धिं प्रदेश कोषाध्यक्ष पुष्पा गुरुङ लगायतको सहभागीता रहेको थियो।

Happy
Happy
20 %
Sad
Sad
0 %
Excited
Excited
80 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %