जन्मदिनमा आश्रममा “सरसफाइ तथा खाद्यान्न सामग्री वितरण “
Read Time:1 Minute, 19 Second
वुटवल। जन्मदिनमा हुने फजुल खर्चलाई कम गर्दै युवा व्यवसायी एवं सामाजिक ब्यक्ति रुद्र खनालले आश्रममा सरसफाइ तथा खाद्यान्न सामग्री वितरण गरेका छन।
पहिलो पाइला नेपाल बुटवलका सदस्य तथा ट्राभल एजेन्ट रुद्र खनालले आफ्नो र आफ्नी ममतामयी माता राधा खनाल को जन्मदिन एकै दिन परेको अवसरमा देविनगर अवस्थित नेपाल अपाङ्ग आश्रममा सामाग्री हस्तान्तरण गरेका हुन।
खनालले सामान्य भन्दा फरक क्षमता भएका मानिस हरुको घर नेपाल अपांग आश्रम देविनगरमा सरसफाइ तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन।

आश्रमको दिनचर्यालाइ सहज बनाउनको लागि साबुन, कुचो, हार्पिक लगायतका सामाग्री संस्थाका अध्यक्ष डोल बहादुर रामदामलाई हस्तान्तरण गरेको रुद्र खनालले बताए।
कार्यक्रम संस्थाका अध्यक्ष विनोद बस्यालको अध्यक्षता र सचिव राजन अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो

लेखकको सम्वन्धमा