लिग टुः पपुवा न्युगिनीविरुद्ध नेपालले पायो मध्यम लक्ष्य

लिग टुः पपुवा न्युगिनीविरुद्ध नेपालले पायो मध्यम लक्ष्य
0 0
Read Time:1 Minute, 54 Second

बुटवल । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीले नेपाललाई २०४ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन बनाएपछि नेपालले मध्यम चुनौती पाएको हो । नेपालले केहीबेरमा विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ थाल्नेछ ।

पपुवा न्युगिनीका चाड सोपरले ३६ रनमा अविजित रहे । त्यस्तै, कप्तान असद भालाले ३६, सेसे बाउले ३१, किप्लिन डोरिगालाई २९ र नोरमन भनुवाले २५ रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झाले तीन विकेट लिए । कुशल मल्लले दुई विकेट लिए भने सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान १–१ विकेट लिए ।

पपुवा न्युगिनीले खराब सुरुआत गरेको थियो । ११ रन हुँदा पहिलो विकेटको रूपमा टोनी उरालाई गुमाएको पपुवा न्युगिनीले ६१ रन हुँदा दोस्रो विकेट गुमाएको थियो ।

दोस्रो विकेटका लागि डोरिगाले सेसे बाउसँग मिलेर ५० रनको साझेदारी गर्दै पपुवा न्युगिनीलाई उकासेका थिए । त्यसपछि आठौँ विकेटका लागि पपुवा न्युगिनीका नोरमन भनुवा र चाड सोपरले ४३ रनको साझेदारी गरेपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %