पल शाहले पाए पूर्ण सफाइ, तत्काल रिहा हुन सक्ने

पल शाहले पाए पूर्ण सफाइ, तत्काल रिहा हुन सक्ने
0 0
Read Time:2 Minute, 6 Second

काठमाडौं । कलाकार पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ ।

आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएको हो ।

उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले पल शाह आजै रिहा हुन सक्ने बताए ।

शाहलाई नाबालिग बालिका बलात्कार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले सफाइ दिँदै बालयौन दुर्व्यवहार दोषी ठहर गरेको थियो ।

बाल यौन दुर्व्यवहारमा शाहलाई दुई वर्ष ६ महिना कैद र पीडितलाई १२ लाख क्षतिपूर्ति भराउने आदेश भएको थियो । जिल्ला अदालतको सो आदेशविरुद्ध शाह उच्च अदालतमा पुनरावेदनका लागि गएका थिए ।

साथै सरकारी वकिलको तर्फबाट भने जबरजस्तीकरणीको अभियोगलाई कम गर्दै बालयौन दुर्व्यवहारमा दोषी ठहर गर्ने फैसला नमिलेको भन्दै जबरजस्तीकरणीमा दोषी ठहर गर्नुपर्ने मागसहित पुनरावेदन गएका थिए ।

शाहविरुद्ध नवलपुर तथा तनहुँ जिल्लामा एकै नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दुई मुद्दा दायर भएको थियो । नवलपुर अदालतले उनलाई बलात्कार अभियोगमा सफाइ दिँदै, बालयौन दुर्व्यवहारको कसुरमा दोषी ठहर गरेको थियो । त्यस्तै, तनहुँ अदालतले भने शाहलाई पूर्ण सफाई दिएको थियो ।

उच्च अदालतले नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएसँगै अब उनी रिहा हुनेछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %