राष्ट्रपति निर्वाचन : काङ्ग्रेसका उम्मेदवारलाई सहयोग गर्ने ८ दलको निर्णय
Read Time:1 Minute, 2 Second
बुटवल । आठ दलले राष्ट्रपतिको उम्मेदवार कांग्रेसबाट बनाउने निर्णय गरेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘अहिले ६ बजे साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सर्बसम्मतिले निर्णय गर्यो ।’
कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र जनमोर्चाको समर्थन कांग्रेसका उम्मेदवारलाई हुने भएको हो । कांग्रेसले उम्मेदवार तय गर्न भोलिका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ ।

लेखकको सम्वन्धमा