‘शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०७९’ माधव नेपाललाई
बुटवल । पत्रकार माधव नेपाल शाइन आर्थिक पत्रकारिता पुरस्कार –२०७९ बाट पुरस्कृत भएका छन्।
आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उनलाई बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैंकले सम्मान गर्दै उनलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
बैंकको १५ औं स्थापना दिवसको अवसरमा बुधबार एक समारोहका बीच भुसाललाई नगद ५० हजार १ सय ११ राशी र सम्मानपत्रद्वारा पुरस्कृत तथा सम्मान गरिएको हो ।
बैंकका अध्यक्ष थानेश्वर पौडेल, सिइओ प्रकाश पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगाएतले संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । लामो समयदेखि पत्रकारिता गर्दै आएका नेपाल विविसी र बुटवल एफ.एम. मा कार्यरत रहेका छ्न ।
पुरस्कार वितरणका लागि पत्रकार महासंघ रुपन्देहीका पुर्व कोषाध्यक्ष यमलाल भुसालको संयोजकत्वमा ३ सदस्यीय मुल्यांकन समिती गठन गरिएको थियो । समितीको सदस्यमा पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष सन्जय सौगात र शाइन बैंकका लालमणि पौडेल रहेका थिए । समितिले नेपालको नाम सिफारिस गरेको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए।
बैंकले गतवर्षदेखि पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु ५ लाखको कोषको स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सुरुवात गरेको हो । गतवर्ष सो पुरस्कार पत्रकार यमलाल भुसालले पाएका थिए ।

लेखकको सम्वन्धमा