बुटवल फिटनेस एण्ड जिम सेन्टरले मनायो १८ औं वार्षिकोत्सव

बुटवल फिटनेस एण्ड जिम सेन्टरले मनायो १८ औं वार्षिकोत्सव
0 0
Read Time:1 Minute, 26 Second

बुटवल । बुटवल ८ सुख्खानगरमा रहेको बुटवल फिटनेस एण्ड जिम सेन्टरले आफ्नो १८ औं वार्षिकोत्सब मनाएको छ।
फागुन ६ गते कर्यालयमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सब मनाएको जिमका सञ्चालक बिजेन्द्रमान श्रेष्ठले जानकारी दिए।
वार्षिकोत्सबको अवसरमा नियमित जिम आउने, राम्रो शारीरिक सुधार भएको र अनुसासित ब्यक्तिहरुलाई सम्मान गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नियमित आउने (मोस्ट रेगुलर) मध्यबाट शिव क्षत्री र रिता थापा, राम्रो सुधार भएको(मोस्ट ईम्प्रुभ) मध्यबाट बिपिन क्षत्री र निरु श्रीष र अनुसासित (मोस्ट डिसिपिलिन)बाट डिएन चौधरी र डा ज्योती आत्रेयलाई सम्मान गरिएको हो।
वार्षिकोत्सबको अवसरमा विभिन्न क्रियाकलापहरु गरेको बताउदै उनले पछिल्लो समय हरेक उमेर समुहका ब्यक्तिहरु जिम आउने गरेको बताए।
जिममा अहिले दैनिक २ सय जनाले सेवा लिइरहेको जानकारी दिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %