दारीग्याङकाे बुटवल राष्ट्रिय सम्मेलन : दिपेश सिग्देलकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन

दारीग्याङकाे बुटवल राष्ट्रिय सम्मेलन : दिपेश सिग्देलकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन
2 0
Read Time:2 Minute, 30 Second

बुटवल, ८ फागुन । दारी ग्याङले रुपन्देहीकाे बुटवलमा राष्ट्रिय सम्मेलन गरि नयाँ नेतृत्व चयन गरेकाे छ । फागुन ६ र ७ गते बुटवलमा भएकाे अधिवेसनले दीपेश सिग्देलकाे अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति चयन गरेकाे हाे ।

समितिकाे उपाध्यक्षमा जगदीश भण्डारी, सचिवमा मधुसुधन काफ्ले, सहसचिवमा अभिमन्यू पाण्डे र काेषाध्यक्षमा वसन्त पहारीलाई सर्वसहमतिमा चयन गरिएकाे छ।

यसैगरि सदस्यहरुमा प्रदेश १ बाट विपुल पाेखरेल र नुतन ढकाल, मधेस प्रदेशबाट ईश्वर दाहाल, लुम्विनीबाट असल सुवेदी, वागमतीबाट प्रशान्त आचार्य, गण्डकीबाट सुमन कार्की र सुदुरपश्चिमबाट दिनेश बाेहाेरा चयन हुनु भएकाे छ । बाँकी १ सदस्य कार्य समितिले पछि मनाेनित गर्ने बताइएकाे छ ।

यसअघि फेसबुक ग्रुपमा मात्र सिमित रहेकाे दारी ग्याङलाई गैरनाफामुलक कम्पनिकाे रुपमा दर्ता गरेर राष्ट्रिय सम्मेलन गरि नयाँ कार्य समिति चयन गरिएकाे निवर्तमान अध्यक्ष प्रदीप गैरे वार्वरिकले जानकारि दिनुभयाे । अब देशव्यापि रुपमा साधारण सदस्यता वितरण गरि जिल्ला र प्रदेशमा समेत संगठन विस्तार गरि अघि बढ्ने नवनिर्वाचित अध्यक्ष दीपेश सिग्देलले बताउनु भयाे ।

सात वर्ष अघिदेखि फेसबुक ग्रुपकाे रुपमा युवाहरु माझ लाेकप्रिय रहेकाे दारी ग्याङले विभिन्न सामाजिक काम गर्दै आएकाे छ। देशभरका ४९ जिल्ला र देश बाहिर समेत दारि ग्याङका समूहहरु सकृय छन् भने दारी ग्याङकाे आधिकारिक फेसबुक ग्रुपमा १ लाख भन्दा बढी युवाहरु जाेडिएका छन् ।

सुरुमा दारि पाल्न रुचाउने युवाहरु मात्र आवद्ध याे ग्रुपमा पछिल्लाे समय सामाजिक भावनाका साथ सामाजिक गतिविधिमा सकृय अरु युवाहरु पनि जाेडिएका छन् ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %