केदली सिसवा सडक खण्ड पिच नभएको भन्दै स्थानीयले बनाए सङ्घर्ष समिति

केदली सिसवा सडक खण्ड पिच नभएको भन्दै स्थानीयले बनाए सङ्घर्ष समिति
0 0
Read Time:2 Minute, 3 Second

शुद्धोदन, ७ फागुन। पूर्व पश्चिम लोकमार्ग देखी लुम्बिनी जोड्ने छोटो र  रुपन्देहीको पुरानो सडक केदली कोटहिया सडक स्तर उन्नति नभएको भन्दै बनगाई देखि कोटहीया ( बनगाई, भुजौली, पुरैनी , बभनीडाडा, नौडीहवा , गुरौली,भैरहवा, कोटहिया) का स्थानीयले सडक निर्माणका लागि दबाब दिन सङ्घर्ष समिति बनाएका छन्।

सडक खण्ड अन्तर्गतका टोल विकास संस्था अध्यक्ष , सरोकारवाला तथा स्थानीयको उपस्थितिमा विष्णु गौतमको संयोजकत्वमा बनेको समिति ६१ सदस्यीय रहेको छ । प्रजातन्त्र दिवसको अवसरमा शुद्धोदन ५ बभनीडाँडा नर्मदेश्वर महादेव मन्दिर परिसरमा गरिएको भेलामा स्थानीयले २०१८ साल भन्दा पुरानो सडक भएतापनि जनप्रतिनिधिको उदासीनताले यो सडक निर्माण नभएको बताए। 
यो सडक खण्ड हरेक निर्वाचनमा भोट माग्ने बाटो बनाउने तर निर्माण नगर्ने गरिएका कारण यो सडकलाई नमुना सडकको रूपमा निर्माण गराउने उद्देश्य अनुरूप सङ्घर्ष समिति बनाइएको समितिका सचिव महेन्द्र गौतमले बताएका छन्। 
फागुन १२ गते स्थानीय तह , प्रदेश सांसद, प्रतिनिधि सभा सांसदको सम्पर्क कार्यालय लगायतमा बाक्लो स्थानीयको उपस्थितिमा १ हप्ते अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएसँगै सुरु हुने एवम् जनतालाई महसुस हुने गरी काम सुरु नभएको खण्डमा आवश्यकता अनुरूप थप कार्यक्रमहरू सहितको तालीका सार्वजनिक गरिने सङ्घर्ष समितिका संयोजक गौतमले बताएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %