बुटवलको ६४औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम

बुटवलको ६४औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम
0 0
Read Time:3 Minute, 24 Second

बुटवल । बुटवल उपमहानगरपालिकाको ६४औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएका छन् ।
स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि एक सातासम्म रक्तदान, मैत्रीपूणर् फुटबल, भलिबल, टेबलटेनिस, घैटोफोर, कुर्ची दौड प्रतियोगितालगायतका कार्यक्रम शुरु भएका हुन् ।
शुक्रबार बिहान नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले स्थापना दिवसको अवसरमा कर्मचारी एशोसिएशनको आयोजनामा खेलकुद कार्यक्रमहरु हुने र फागुन ३ गते मूल कार्यक्रम आयोजना हुने बताए । उनले मैत्रीपूणर् खेलकुद कार्यक्रमहरुले मैत्रीपूणर् भाव सिर्जना गर्ने र सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गरे ।
उपप्रमुख सावित्रादेवी अर्यालले सिर्जनात्मक कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउन मदत पुर्‍याउने बताईन ।
रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको कर्मचारी एशोसिएशनका अध्यक्ष अनिल कुमार माण्डब्यले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रमअन्तरगत शुक्रबार अन्तरपालिका महिला भलिवल प्रतियोगिता शुरु भएका छन् । शनिबार रुपन्देही जिल्लाका १५ पालिका तथा पाल्पाको तिनाउ गाउँपालिकाका प्रमुख, उपप्रमुखसहितको टीमसँग बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखसहितको टीमबीच मैत्रीपूणर् फुटबल प्रतियोगिता आयोजना गरेको माण्डव्यले जानकारी दिए।
यस्तै आइतबार बिहान नेपाल पत्रकार महासंघ रुपन्देही र राजनैतिक दलहरुका बीचमा मैत्रीपूणर् भलिबल प्रतियोगिता, महिला र पुरुष कर्मचारीबीच खुला टेबलटेनिस प्रतियोगिता, फागुन १ गते महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूणर् भलिबल प्रतियोगिता, अन्तर महाशाखा पुरुष भलिबल प्रतियोगिता कार्यक्रम रहेको ठगिश्वर पोखरेलले बताए ।
यस्तै फागुन २ गते महिला, पुरुष जनप्रतिनिधि र कर्मचारीबीच घैटोफोर, कुर्सी दौडलगायतका कार्यक्रम आयोजना गरेको उनले बताए ।
फागुन ३ गते उपमहानगरपालिकाले स्थापना दिवसको मूल समारोह कार्यक्रम आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।
मुल समारोहमा उत्कृष्ट कर्मचारी, करदाता, विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कार वितरण र सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %