ओमसतिया गाउपालिकाको १२ औ अधिवेशन सुरु
- लुम्बिनी प्रेस संवाददाता
- माघ २७, २०७९
- 256 Shares
-
भैरहवा । रुपन्देहीको ओमसतिया गाउपालिकाको १२ औ अधिवेशन शुक्रबारबाट सुरु भएको छ । ११ औ गाउसभाले बनाएका योजना एवम संसोधन बजेट सहित नया योजनाहरु १२ औ गाउसभाले पारीत गर्नेछ ।
गाउसभाको उदघाटन कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष मन्जीत कुमार यादव (सोनु) ले यसै आर्थिक बर्ष देखि गाउपालिकामा १५ शैयाको अस्पताल निर्माण सुरु गर्ने बताए । यस्तै यस क्षेत्रका क्रियाशिल पत्रकारहरुको लागि पुरस्कार स्थापना गर्ने पनि उनले बताए । यसका साथै गाउपालिकामा रहेका योजनाहरुको समेत पुनरावलोकन गर्ने यादवले बताए ।
गाउपालिका अध्यक्ष मन्जीत कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउपालिकाको उपाध्यक्ष सुनिता चौधरी, प्रवक्ता मदन प्रसाद पोख्रेल लगायत कार्यपालिका सदस्य एवम गाउँ सभा सदस्यको सहभागीता रहेको छ । कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले गरेका थिए ।
प्रतिकृया दिनुहोस्
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

लेखकको सम्वन्धमा