ओमसतिया गाउपालिकाको १२ औ अधिवेशन सुरु

भैरहवा । रुपन्देहीको ओमसतिया गाउपालिकाको १२ औ अधिवेशन शुक्रबारबाट सुरु भएको छ । ११ औ गाउसभाले बनाएका योजना एवम संसोधन बजेट सहित नया योजनाहरु १२ औ गाउसभाले पारीत गर्नेछ ।
गाउसभाको उदघाटन कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष मन्जीत कुमार यादव (सोनु) ले यसै आर्थिक बर्ष देखि गाउपालिकामा १५ शैयाको अस्पताल निर्माण सुरु गर्ने बताए । यस्तै यस क्षेत्रका क्रियाशिल पत्रकारहरुको लागि पुरस्कार स्थापना गर्ने पनि उनले बताए । यसका साथै गाउपालिकामा रहेका योजनाहरुको समेत पुनरावलोकन गर्ने यादवले बताए ।
गाउपालिका अध्यक्ष मन्जीत कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउपालिकाको उपाध्यक्ष सुनिता चौधरी, प्रवक्ता मदन प्रसाद पोख्रेल लगायत कार्यपालिका सदस्य एवम गाउँ सभा सदस्यको सहभागीता रहेको छ । कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले गरेका थिए ।
लेखकको सम्वन्धमा