चर्चाका समाचारहरु

रुपन्देहीका उद्योगी भन्छन् –‘सरकारले माग सम्बोधन नगरे व्यवसायमा लिलामीको अवस्था आउँछ’

रुपन्देहीका उद्योगी भन्छन् –‘सरकारले माग सम्बोधन नगरे व्यवसायमा लिलामीको अवस्था आउँछ’
0 0
Read Time:4 Minute, 59 Second

बुटवल। कोरोनाबाट बच्न सरकारले गरेको लकडाउनले उद्योगी व्यवसायीहरु समस्यामा परेको बताएका छन् । पछिल्लो समय सरकारले उद्योगहरु सञ्चालन गर्ने भनेता पनि तर उद्योग सञ्चालनका लागि आवश्यक पर्ने श्रमशक्ति र कच्चापदार्थ अभावमा उद्योगहरु सञ्चालनमा आउन सकेका छैनन् ।

रुपन्देही उद्योग संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारलाई आफुहरुले गरेको माग सम्बोधन गरी उद्योगी व्यवसायीलाई बचाउन आग्रह गरीएको हो ।

आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा कोरोना प्रभावित उद्योगहरुलाई सरकारले सम्बोधन गर्ने अपेक्षा भएपनि त्यो अनुसार नहुँदा उद्योगीको भविष्य अन्यौल रहेको संघका अध्यक्ष बोहराको भनाई थियो । उनले आउँदै गरेको मौद्रिक नीतिमा समावेस गर्न आग्रह गरे ।

सवै सम्पत्ती वैंकमा राखेर उद्योग व्यवसाय सञ्चालन गरेको र अहिले कोरोना भाईरसले ल्याएको संकटताले वन्द हुन पुगेपछि वैंकमा राखेको सम्पत्ती लिलाम हुने होकी भन्ने चिन्ताले मानसिक समस्या आउने खतरा वढेको उद्योगीहरुले वताएका थिए ।

‘उद्योग क्षेत्र दिनानुदिन धराशायी बन्दै गइरहेको छ । यस विषम परिस्थितिमा खेप्नु परिरहेको क्षतिले कतिपय उद्योगहरु कहिल्यै उठ्न नसक्ने गरी थिलो परेका छन् ।’ उनले भने –‘रुपन्देही क्षेत्रमा रहेका १२ सय बढि उद्योगीहरु मध्य खाद्यान्न, निर्माण जन्य र स्वास्थ्य सामाग्री उत्पादन बाहेकका अन्य उद्योगहरु बन्द रहेकोले मजदुर र व्यवसायी नै भोकै रहने अवस्था आउने छ । ’

उनले पर्यटन तथा अन्य सेवा उद्योगहरुपनि मारमा परिरहेको बताउँदै आफुहरुले अर्थमन्त्री डा. युबराज खतिवडा, नेपाल राष्ट्र बैङ्क र प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र रुपन्देहीका स्थानीय तहहरुलाई दिएको शुझाबहरु कार्यान्वयन गर्न माग गरे ।

उलने भने –‘ आर्थिक वर्षको अन्त्य अर्थात् आषाढ मसान्त नजिकिदै गरेको अवस्थामा उद्योगीहरु कर, बैंक ब्याज, किस्ता तथा कर्जा रकम एकै पटक तिर्न सक्ने अवस्थामा छैनन् । लामो समयको लक डाउनले तहसनहस पारेको उद्योग क्षेत्रलाई जोगाई राख्न राज्यले आर्थिक वर्ष समाप्तिलाई लम्ब्याइनु पर्दछ भन्ने रुपन्देही उद्योग संघको धारणा छ । ’

सरकारसंग लकडाउन अवधि भरको व्याजमा छुट र किस्ता(ऋण)को समयावधि थप र केही राहातका कार्यक्रम ल्याउन उनको आग्रह छ । यस्तो अवस्थामा उद्योग क्षेत्रलाई बचाईराख्न अत्यन्तै कठिन रहेको बताउँदै उनले यसतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गरे ।

विदेशी (विशेष गरी भारतीय) श्रमिकको पलायनले उद्योग क्षेत्र प्रभावित भएकोले केही उद्योगहरु सञ्चालनमा समस्या रहेको संघ अध्यक्ष बोहराले जानकारी दिए ।उनले भने – ‘कोरोनाको कारणले घर फर्केकाहरुलाई ल्याउनको लागि पनि जिल्ला प्रशासनले कडाई गरिदिनु र कोरोनाको अत्याधिक त्रासले पनि कामदारहरु पाएनौँ ।’

संघमा हाल सम्म साना तथा ठुला लगानीका गरी १ हजार २ सय उद्योगहरु आवद्ध रहेको र वस्तुगत तर्फ करिव १ हजार ५ सया देखि २ हजार र घरेलु तथा साना उद्योग कार्यालयका अनुसार ८ हजार देखि १४ हजार सम्म उद्योगहरु दर्ता भएको पाईएको कार्यक्रममा जानकारी गराईएको थियो ।

साथै संघले स्थानीय तहलाई पनि रोजगार बढाउने गरी काम गर्न आग्रह गरेको छ । साथै सोही कार्यक्रममा संघले कोरोना नियन्त्रण कोषमा सहयोग, उद्योगीका समस्याको बारेमा बिभिन्न क्षेत्रको ध्यानाकर्षण, जनचेतना, माक्स वितरण लगायतका कार्यक्रमहरु गरीएको जनाईएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %