कांग्रेस छाडेर एमाले प्रवेश गरे प्रमोद कुमार यादव, रुपन्देही-४ बाट उमेदवार बन्ने
बुटवल । नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादव नेकपा (एमाले) प्रवेश गरेका छन् । कांग्रेसले अन्तिम समयमा टिकट नदिएपछि यादव एमालेमा प्रवेश गर्दै रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उमेदबार बन्ने भएका छन् ।
एमाले प्रवेशपछि कुरा गर्दै यादवले आफूलाई पार्टीभित्रै अन्याय भएको महसुस भएपछि नयाँ राजनीतिक यात्राको निर्णय गरेको बताए । कांग्रेसले अन्तिम समयमा टिकट खोसेपछि वैकल्पिक राजनीतिक बाटो रोज्न बाध्य भएको उनको भनाइ छ ।
यादव २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-४ बाट निर्वाचित सांसद हुन् । सो निर्वाचनमा उनले कांग्रेसका तर्फबाट उम्मेदवारी दिँदै जित हासिल गरेका थिए ।
तर २०७९ सालको निर्वाचनमा भने उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए ।
एमाले प्रवेशसँगै यादवलाई रुपन्देही-४ बाट उम्मेदवार बनाउने तयारी भएको बताइएको छ ।

लेखकको सम्वन्धमा