सहमतिमै उमेदवार छनोटमा जुटयो कांग्रेस, तीन पक्षबीच छलफल जारी

सहमतिमै उमेदवार छनोटमा जुटयो कांग्रेस, तीन पक्षबीच छलफल जारी
0 0
Read Time:1 Minute, 24 Second


काठमाडौं ।
नेपाली कांग्रेस सहमतिमै उमेदवार छनोटमा जुटेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षसँग यति बेला काठमाडौंको महाराजगन्जमा आफूहरूको बैठक जारी रहेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

“मिलेर उमेदवार चयन गरौँ, अदालतले जे आदेश गर्छ सबैले मानौँ भन्ने समझदारी भयो,” एक सहमहामन्त्रीले बाह्रखरीसँग भने, “कहाँबाट कसलाई उमेदवार बनाउँदा चुनाव जित्न सकिन्छ, त्यसका आधारमा छलफल जारी छ ।”

यो बैठक देउवानिवासमा नभई अन्यत्रै बसिरहेको ती सहमहामन्त्रीले बताए । “हामी निवर्तमान सभापतिज्यूको निवासमा छैनौँ, अन्यत्रै छलफल जारी छ,” उनले भने, “हामी आज उमेदवार टुंग्याएर सहमतिमै भोलि मनोनयन दर्ता गर्छौं ।”

पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा पुगिसकेकाले त्यहाँको आदेश मानेर जाने समझदारी बनेको उनको भनाइ छ । “एउटा लोकतान्त्रिक पार्टीले अदालतको आदेश मान्दिनँ भन्ने प्रसंगै आउँदैन,” उनले भने ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %