पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्

पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
0 0
Read Time:1 Minute, 27 Second

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले दबाब र प्रभावमा परेर निर्णय गरे देशव्यापी आन्दोलनमा जाने चेतावनी दिएका छन् । शनिबार (माघ २) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

“हामीलाई निर्वाचन आयोगले विधिविधान र संविधानमा आधारितभन्दा तलमाथि निर्णय गर्दैन भन्ने विश्वासँगसँगै आशंका पनि छ । लोकतन्त्रमाथि मडारिएको कालो बादललाई साथ दिँदै दबाब र प्रभावमा निर्णय भयो भने कांग्रेस देशव्यापी आन्दोलनमा जान बाध्य हुनेछ । यस्तो नगरियोस्,” उनले भने ।

विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको उनले जिकिर गरे । भुकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन अवैधानिक रहेको उनले बताए ।

केन्द्रीय समितिको निर्णयलाई उल्टाउँदै अन्यथा गर्ने अधिकार महामन्त्रीलाई नभएको उनको भनाइ थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %