गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?

गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
0 0
Read Time:4 Minute, 44 Second

काठमाडौं । बुधबार (पुस ३०) मा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पार्टीको साधारण सदस्यबाटसमेत निष्कासन गर्ने निर्णय गरेको छ ।

कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकको दोस्रो निर्णयमा यसम्बन्धी निर्णय भएको जानकारी दिए । यस्तो छ गगन, विश्व र फर्मुल्लाह मन्सुरलाई पार्टीको सधारणसदस्यबाटै निष्कासन गर्ने कांग्रेसको निर्णय ः

नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा १ को देहयको खण्ड क ख ग र घ को विरुद्ध नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरू, महामन्त्रीहरू, सहमहान्त्रीहरू र सदस्यहरूले अनुशासन उल्लंघन गरेको विभिन्न माध्यमबाट केन्द्रीय कार्यसमितिलाई जानकारी हुन आएको र त्यससम्बन्धमा मिति २०८२।९।२९ र आज ३० गते सम्मका विभिन्न मिडियामा प्रकाशित र प्रशारित सञ्चारबाट पनि पुष्टि भएको । मिति २०८२।९ ।२९ गते नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ भनी पारित गरेको भन्ने, महामन्त्रीद्वयको प्रतिवेदन समेत पेस गरी छलफल भइ पारित गरेको भन्ने, निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको भन्ने र आज मिति २०८२।९।३० गते महामन्त्रीमा रहेका पदाधिकारीले पार्टीको सभापतिमा र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले विभिन्न पदमा उमेदवारी भइ दरखास्त समेत दिएको भनी विभिन्न सञ्चारमाध्यमबाट पुष्टि हुन आएको पाइन्छ ।

साथै केन्द्रीय कार्यसमितिको मिति २०८२।८।१५ र कार्यसम्पादन समितिको मिति २०८२।९।१८ को निर्णयसमेत उल्लंघन गरी मिति २०८२।९।१७ गते महामन्त्रीद्वयको हस्ताक्षरबाट नियमित महाधिवेशन स्थगन, विकल्प विशेष महाधिवेशन भन्ने सूचना तथा निजहरूले दिएको प्रेस विज्ञप्तिबाट पनि पुष्टि भएको छ । अतः नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा ३४ (१) को खण्ड ‘क’ पार्टीको आदर्श सिद्धान्त र नीतिविपरीत कुनै पनि कार्य गरेमा ऐऐ को देहाय खण्ड ख पार्टीको विधान नियमावलीविपरीत कार्य गरेमा ऐ देहाय खण्ड ग, पार्टीको आचारसंहिता उल्लंघन गरेमा ऐ देहाय खण्ड ङ पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानी नोक्सानी पुर्‍याएमा भन्ने समेतको कार्यहरूको ठाडो उल्लंघन गरेको हुँदा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा १ को देहाय खण्ड क ख ग ङ विरुद्धका कार्य गर्ने त्यस्ता पदाधिकारी र सदस्यलाई अपर्झट अनुशासनको कारबाही गर्नुपरेको समेतका कारणले नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा ५० (५) उल्लेख भएबमोजिमका व्यवस्था समेतका आधारमा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा २२ को उपधारा २० तथा धारा ३४ को उपधारा ८ को देहाय खण्ड घ ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ ।

कारबाहीमा परेका पार्टीका पदाधिकारी तथा सदस्यहरूः

गगन कुमार थापा, महामन्त्री

विश्वप्रकाश शर्मा, महामन्त्री

फरमुल्लाह मन्सुर, सहमहामन्त्री

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %