बुटवलमा भाेलिदेखी रात्रीकालिन खाना महाेत्सव

बुटवलमा भाेलिदेखी रात्रीकालिन खाना महाेत्सव
0 0
Read Time:3 Minute, 0 Second

बुटवल । नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकारहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ।

मुख्य प्रायोजक सागर डिष्ट्रिलरी (रोयल ब्लु) र गोर्खा ब्रुअरीको सहप्रायोजनमा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म हुने बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको आईतबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए।

विभिन्न २७ उपसमिति बनाएर कार्य तिव्र गतिमा जारी रहेको उनले बताए । बिस २०७५ सालदेखि सडक खाना महोत्सव गराएर स्थानिय पर्यटकहरुलाई आफ्नै स्थानमा पर्यटनको माध्यमबाट योगदान दिदै आएको उनले बताए। सिद्धेश्वर मैदानमा हुने महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरु पस्कने उनले बताए। संस्कृति जगेर्ना प्रवर्द्धन हुने गरि जातजातिको झाकी र सास्कृतिक नृत्य प्रस्तुत गरिने उनले बताए।

थारु, मगर, नेवार, भजनकृतन जस्ता विविधता दिने गरि कार्यक्रम गरिने उनले बताए। यसैगरि राष्ट्रिय कलाकारको साथमा डिजेसम्मका प्रस्तुति रहने उनले बताए।

यसैगरि स्थानिय लोक दोहोरी साझका कलाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रम समेत गरिने उनले बताए। सडक खाना महोत्सवलाई ब्राण्ड बनाएको बेला पछिल्लो समय नया ढंगबाट चाडपर्वलाई प्रवर्द्घन हुने गरि कार्यक्रम गर्न लागेको बताए। माघेसक्रान्तीको दिन चारधामको जल ल्याएर स्नानको ब्यवस्था, सेल्फी जोनको समेत ब्यवस्था गरेको उनले बताए।

पर्यटन प्रवर्द्धन हुने गरि रोमाकान्त पाण्डेको संयोजकत्वमा कार्यशाला गोष्ठी समेत गरिने प्रचारप्रसार संयोजक अर्जुन पोखरेलले बताए। यसैगरि सामाजिक उत्तरदायित्व अन्तरगत माघ २ गते चाैराह हस्पिटलको प्राविधिक सहयोगमा बृहत् रक्तदान र स्वस्थ्य शिविर समेत आयोजना गरिने उनले बताए

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %