लुम्बिनी प्रदेश : दोस्रो आवधिक योजनाको मस्यौदा पारित

लुम्बिनी प्रदेश : दोस्रो आवधिक योजनाको मस्यौदा पारित
0 0
Read Time:2 Minute, 17 Second

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोग निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्मा पठाउने निर्णय गरेको हो ।

अब विकास परिषद्बाट पारित भएर मन्त्रिपरिषद् बैठकमा पेस हुने छ । त्यहाँबाट स्वीकृत भएपछि आवधिक योजना कार्यान्वयनमा आउने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले बताए ।

निर्देशक समितिको बैठकले तयार भएको आवधिक योजनाको अन्तिम दस्ताबेजलाई सल्लाह सुझावलाई समेटेर विकास परिषद्मा पठाउने निर्णय गरेको भएको हो ।

आयोगका सदस्य डा.सुदनकुमार वलीले आवधिक योजनामा १५ खर्ब बराबरको लगानी प्रक्षेपण गरिएको बताए ।

सार्वजनिक क्षेत्रको ३६ प्रतिशत, निजी क्षेत्रको ६० प्रतिशत र सामुदायिक/सहकारीबाट ४ प्रतिशत गरी १५ खर्बको लगानीको प्रक्षेपण गरिएको छ ।

संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र लगायत साझेदार संघ संस्थाहरूको सामूहिक लगानीको रूपमा हेरिएको छ । पाँच बर्से आवधिक योजना अन्तरगत अहिले ८ खर्ब १४ अर्बको कुल ग्राहस्थ उत्पादन बढेर साढे ११ खर्बमा पुग्ने लक्ष्य निर्धारण गरिएको छ । दोस्रो आवधिक योजना कार्यान्यवनको अन्तिम चरणमा प्रदेशको औसत आर्थिक वृद्धिदर ७ दशमलव १६ प्रतिशतले हुने अनुमान गरिएको छ । ‘समृद्ध लुम्बिनी, खुसी’ नागरिकको सोच पुरा गर्न आवधिक योजनाले दिशा निर्देश गर्ने विश्वास गरिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %