बुटवलमा महिला लक्षित कार्यक्रम ः स्वरोजगारमा जोड्न सिपमूलक तालिम र सम्मान
वुटवल । महिलाको उत्थान , संरक्षण र सीप विकासका विकासको लागि ३ तहकै सरकारले महिला लक्षित बजेट तथा कार्यक्रम बनाउने गर्छन । त्यसमा धेरै रकम खचै हुदै पनि आएको छ । तर धेरै कार्यक्रम महिलाको लागि खासै उपयोगी छैन । केही स्थानीय तहले ल्याएका महिला लक्षित कार्यक्रमहरु प्रभावकारी नभएको गुनासोहरु आउन थालेका छन् ।
यी कार्यक्रमहरुलाई परिमार्जन गर्दै पछिल्लो समय स्थानीय तहरुले महिला लक्षित कार्यक्रमहरु प्रभावकारी बनाउन थालेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा वुटवल उपमहानगरपालिकाले गृहणि लक्षित महिला कार्यक्रम ल्याएको छ । जस अन्र्तगत हजारौँ महिला यस कार्यक्रममा जोडिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले महिला लक्षित कार्यक्रमहरुको लागि बजेट बिनियोजन गर्दै आईरहेको छ ।
चालु आर्थिक वर्षको लागि महिला लक्षित कार्यक्रमका लागि ५० लाख बढि रुपैयाँ बजेट बिनियोजन गरेको छ । उपमहानगरपालिकाको बजेट पुस्तीकामा महिला लक्षित ४० बढि कार्यक्रमको लागि ५० लाख बढि रकम बजेट बिनियोजन गरिएको उल्लेख गरिएको छ । बुटवल उपमहानगरपालिकाले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसमा खासगरी स्वरोजगारका अवसर र महिला हिंसा विरुद्धका अभियानहरूलाई प्राथमिकता दिइएको छ। यी कार्यक्रमहरू महिलालाई आर्थिक रूपले सशक्त बनाउनका लागि डिजाइन गरिएको भएता पनि, यथासम्भाव प्रभावकारीता र दीर्घकालीन परिणामहरूका लागि थप काम गर्न आवश्यक रहेको देखिन्छ।
बुटवल उपमहानगरपालिकाले महिलाहरूको शिक्षा र जागरूकता स्तर सुधार्नका लागि छोरीहरुलाई प्राविधिक शिक्षा प्रदान गर्नको लागि अध्ययान गराउने, बिभिन्न किसिमका सिप विकास तालिमहरु सञ्चालन गर्दै आएको बुटवल उपमहानगरप्रमुख खेलराज पाण्डेयले बताउँछन् । उनले बालिकाहरुलाई प्राविधिक शिक्षामा जोड्नको लागि बिटिआईमा सेवा प्रदान गरिरहेको जानकारी दिए । बुटवल उपमहानगरपालिकाले महिलालाई स्वरोजगारका अवसर प्रदान गर्नका लागि विभिन्न तालिम र कार्यशालाहरू पनि सञ्चालन गर्दै आएको छ। महिला उद्यमिता र सिप विकासका लागि सिलाई, हस्तकलाका सीप, कृषि आधारित व्यवसाय, जस्ता क्षेत्रहरूमा तालिम दिइरहेका छन्। यसका साथै टपरी बुन्ने, सिलाईकडाई, गहना बनाउने तालिमहरु सञ्चालन गरेको नगरप्रमुख पाण्डेयले बताए । उपमहानगर प्रमुख खेलराज पाण्डेले भने, “हाम्रो मुख्य लक्ष्य भनेको महिलालाई आत्मनिर्भर बनाउनु हो।
स्वरोजगारका तालिमहरू महिलाहरूलाई उनीहरूको आफ्नै व्यवसाय शुरू गर्नका लागि तयार पार्ने उद्देश्य राख्छ। हामी महिलालाई प्रत्येक क्षेत्रमा सशक्त बनाउन चाहन्छौं ताकि उनीहरूले घरमा बसेर पनि राम्रो आम्दानी गर्न सकून्।“ बुटवल उपमहानगरपालिकाले महिलाका लागि स्वास्थ्य सेवामा पनि विशेष ध्यान दिएको छ। स्तन क्यान्सर, गर्भाशय क्यान्सर र परिवार नियोजनका कार्यक्रमहरूको माध्यमबाट महिलाको स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउने प्रयास गरिएका छन्। नगरप्रमुख पाण्डेले भने, “महिलाहरूको स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार हुनु जरुरी छ। हामी स्वास्थ्य चेकअप र महिला स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौं, ताकि महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन सकून् र स्वस्थ जीवन यापन गर्न सकून्।“ बुटवल उपमहानगरपालिकाले महिला हिंसा र लैंगिक समानताको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
महिला हिंसा, बलात्कार, घरेलु हिंसा जस्ता समस्याबारे जनचेतना फैलाउनका लागि उपमहानगरपालिकाले विशेष अभियान उपप्रमुख साबित्रादेवी अर्यालले जानकारी दिईन् । उनले भनिन्, “महिला हिंसा र लैंगिक भेदभावको अन्त्य गर्नु हाम्रो प्रमुख प्राथमिकता हो। यसका लागि हामीले महिलालाई कानूनी सहायता र सामाजिक संरक्षणको अवसर दिनका लागि विभिन्न योजनाहरू ल्याएका छौं।“ उनले महिलाहरुलाई सुनचाँदीका गहना बनाउनको लागि तालिम प्रदान गर्दै दक्ष कालिगढको रुपमा विकास गरेको बताईन् । उनले २० जना महिलाहरुले सुनचाँदीका गहना बनाउने गरि तालिम सञ्चालन भईसकेको बताईन् । यस्ता भए कार्यक्रम उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८०÷८१ अन्तरगत मुख्यत तीन वटा कार्यक्रम अन्तरगत महिलाहरुलाई लक्षित गरि सीप बिकास र क्षमता अभिबृद्धी तालिम प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।
सामाजिक बिकास महाशाखाका अनुसार गत आबमा महिला उद्योमशिलता तथा रोजगार कार्यक्रम अन्तरगत नगरप्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम अन्तरगत बिभिन्न तालिमबाट प्रत्यक्ष करिब ५ सय महिलाले लाभ लिएको जनाईएको छ। बटुवा धुप बनाउने, गुन्द्रुक मस्यौरा तथा अचार बनाउने, विभिन्न भेसभूषा तथा पोशाक तयार गर्ने तालिममा १७४ जना, उपप्रमुख महिला उद्यमविकास कार्यक्रम अन्तरगत वारिष्टा, फेशन डिजाइयन, बच्चाको बलाङ्ककेट तथा दौरा सुररुवाल सेट बनाउने, जुत्ता चप्पल बनाउने तालिममा १५३ जना,नगरप्रमुख युवा इलम कार्यक्रम अनतरगत वारिष्टा, मोवाईल मर्मत, कम्प्युटर हार्डवेयर र ए।सी।, फिज मर्मत तालिममा १ सय जना सहभागी भएका थिए। । यस्ता छन् समस्या यद्यपि, यी सबै योजनाहरूको कार्यान्वयन गर्दा केही चुनौतीहरू पनि देखिएका छन्। एक त के, बजेट र संसाधनको अभावले कार्यक्रमहरूको प्रभावकारितामा केही सीमितता रहेको छ।
उपमहानगरका एक अधिकृतले भने “हामीले धेरै योजनाहरू सञ्चालन गरेका छौं, तर दीर्घकालिक प्रभावका लागि अझ बढी स्रोत र बजेटको आवश्यकता पर्छ। हामीले राम्रो परिणाम दिनका लागि सरकारी र गैरसरकारी संस्थासँगको सहकार्यलाई बढाउन जरुरी छ।“ त्यसैगरी, महिलाको अधिकार र अवसरका बारेमा जनचेतना अभाव पनि एक ठूलो चुनौती रहेको ती अधिकृत भन्छन् । बुटवल उपमहानगरपालिकाले महिला सशक्तिकरणका लागि ल्याएका कार्यक्रमहरू, जस्तै छोरी पढाउ अभियान, स्वरोजगारका तालिम, महिला हिंसा विरुद्धका सचेतना कार्यक्रम र स्वास्थ्य योजनाहरू, सकारात्मक दिशा देखाउँछन्। तर, यस्ता कार्यक्रमहरूको दीर्घकालिक र प्रभावकारी कार्यान्वयनका लागि अझै धेरै स्रोत र योजनाबद्ध प्रयासको आवश्यकता छ।
नगरप्रमुख खेलराज पाण्डेले भने, “हामीले महिलाको सशक्तिकरणका लागि धेरै काम गरेका छौं, तर यसलाई अझ राम्रो बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक छ। हामी भविष्यमा अझ सशक्त, आत्मनिर्भर र समानताका साथ महिलाहरूलाई अघि बढाउन प्रतिबद्ध छौं।“समग्रमा, बुटवल उपमहानगरपालिकाले महिला लक्षित कार्यक्रमहरूको कार्यान्वयनमा राम्रो प्रयास गरेको भए पनि दीर्घकालिक प्रभाव र चुनौतीहरूको समाधानका लागि थप सुधार र संसाधन आवश्यक रहेको देखिन्छ।

लेखकको सम्वन्धमा