सिद्धार्थनगरमा पुर्वाधारतर्फ ५९ योजना कार्यन्वयनमा
भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पुर्वाधार विकास तथापुजीगत रकमखर्चलाई तिव्रतादिएको छ । पुजीगत बजेटको लक्ष्यहासिल गरी असारे बिकासलाई कम गर्न सयममै ठेक्कालगाउने, ठेक्का सम्झौता गरी काम अगाढी बढाउने कामअहीले धमाधम भैरहेको सिद्धार्थनगर नगरपालिकाकाप्रमुख ईस्तियाकअहमदखानले जानकारी दिए ।

पालीकाहरुमा खासगरी समयमै ठेक्का नखोल्ने र विभिन्न बहानामा बजेट फ्रीज गराउने समस्या छ । त्यस्ता समस्या रोक्न सिद्र्धानगरले आर्थिक बर्षको सुरुवात देखी नै ठेक्का लगाउने काम गरेको नगरप्रमुख खानले बताए । नगरपालिकामा चालु आर्थीक बर्षमा पुर्वाधार बिकास शाखामा मात्रै उनसाठ्ठी योजना कार्यन्वयनको चरणमा रहेका छन् । नगरपालीकाका पुर्वाधार बिकास तथावातावरण व्यवस्थापन महाशाखा प्रमुख साकार श्रेष्ठका अनुसार यि सवै निमार्ण तर्फका योजना हुन ।

योजनाहरु नगरका १३ बटै बडामा सचांलनमा रहेका छन् । खासगरी सडक, ढल, नाला, भवन निमार्ण तर्फका योजनाहरु कार्यन्वयनमाआएकाहुन् ।जसमध्ये वडा नं ३ मा रहेको अधुरो टेकवाण्दो भवनमा थपपुर्वाधार निमार्ण, वडा नं ३ मा रहेको बस पार्कको स्तरउन्नती र वडा नं ११ माबन्नलागेको कान्जीहाउस, सवदाहस्थल र पार्क निमार्ण रहेका छन् । कान्जिहाउसमा छाडा पशुचौपायका लागी सेड र सवदाह स्थलतर्फ मलामि बस्ने प्रतिक्षालयका साथै जलाउने स्थानमा सेड निमार्ण गरीने छ ।
त्यस्तै नगरका बिभीन्न बडालाई जोडेर ६ दशमलव ५ किलोमिटर एकतर्फी नाला निमार्ण हुदै छ । सडक तर्फ ग्राभेल सडक पाँच दशमलव ७ किलोमिटर निमार्ण हुदै छ । सडक तर्फ आरसिसी सडक पनि निमार्ण हुदै छ । सार्वजनिक सम्पति संरक्षणको लागी १ सय ४० मिटर लामो पर्खाल निमार्ण पनि यसै बर्ष गरिदै छ ।

बिद्यालय तर्फ बडा नं २ मा रहेको बहिराबाल माध्यमिक बिद्यालयमा चारकोठो भवनको तल्लाथप, वडा नं ५ स्थित भैरहवा नमुना उच्च माध्यमिक बिद्यालयमा चार कोठे भवनको छत ढलान, बडा नं ११ स्थित भुजौली प्रावीमा तिन कोठे तला थप्ने काम पनि धमाधम भैरहेको छ । त्यस्तै बडा नं १० मा रहेको सुर्यदेव माध्यमीक बिद्यालयमा दुई कोठे भवनको छत ढलान, बडा नं २ मा रहेको मेउडीहवा आधारभुत विद्यालयमा सौचालय निमार्ण, बडा नं ८ मा रहेको लिलाराम माध्यमिक विद्यालयमा पनि सौचालय निमार्णको काम भैरहेको छ ।


लेखकको सम्वन्धमा