बुटवलमा जारी राष्ट्रपति रनिङशिल्डमा कालिका अग्रस्थानमा

बुटवल । बुटवलमा जारी छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन सम्म आउँदा कालिका मानवज्ञान मावी अग्र स्थानमा देखिएको छ।
मंगलबार देखि बुटवलको दिपनगर स्थित सिद्वेश्वरी खेल मैदानमा चलिरहेका विभिन्न प्रतियोगिता मार्फत ३६ स्वर्ण पदकको टुंगो लाग्दा कालिका अग्रस्थानमा रहेको नगर खेलकुद विकास समिति सदस्यसचिव प्रेम बहादुर बस्नेतले जानकारी दिए।
उनले कालिकाले १२, न्यु होराईजनले ६ र गार्गी एकेडेमीले ५ स्वर्ण पदक प्राप्त गरेको जानकारी दिए। रनिङ शिल्डको मंगलबार एक बिशेष कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गरेका थिए।
नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले प्रतियोगिता समयमा नै सकिएमा बिहिवार बेलुका समापन गर्ने योजना रहेको बताए।
प्रतियोगितामा नगर भित्रका ५३ विद्यालयका एक हजार चार सय ७० विद्यार्थीले प्रतिस्पर्धा गरिरहेको खेल कमिसनर हरी प्रसाद श्रेष्ठले जानकारी दिए ।
लेखकको सम्वन्धमा