बुटवलले बनायो नगर गान नगर सभाबाट अनुमोदन, यस्ता छन शब्द
- लुम्बिनी प्रेस संवाददाता
- पुस १७, २०८१
- 283 Shares
-
बुटवल। बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ। खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो।
१४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो। सोही नगरगान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताए।
नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति र समावेशी विषयहरु समावेश छन्।
यस्तो छ नगरगानभिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।
चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल
रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।
बहु भाषा, धर्म संस्कार, थरिथरि जाति
वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।
मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो
घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।
कृषि, उद्योग, व्यापार र पर्यटनको लहर
देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।
प्राकृतिक सम्पदा र सभ्यताको खानी
सिद्धभूमि बुटवलबासी हामी भाग्यमानी ।
हाम्रो खस्यौली
राम्रो बटौली
प्यारो बुटवल ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा