बुटवलको नगरसभा शुरु, ३ विधेयक र ३ संसोधन प्रस्ताव टेबुल
- लुम्बिनी प्रेस संवाददाता
- पुस १७, २०८१
- 142 Shares
-
बुटवल । बुटवल उपमहानगरपालिकाको सोह्रौं नगर सभा शुरु भएको छ। बुधबार शुरु भएको सभामा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई अब्बल नगर बनाउनका लागि हरेक क्षेत्रको समानुपातिक विकासमा जोड दिएको बताए।
उनले जनतासँग गरेका वाचाहरु पूरा गर्नका लागि सबै जनप्रतिनिधिहरु एकसाथ अगाडि बढिरहेको बताए। उनले नगरको विकासमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउँदै सबैको साथ जरुरी रहेको बताए।
नगर सभाको बुधबारको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ संसोधनको प्रस्ताव टेबुल गरेकी छिन् भने सामाजिक विकास समितिका संयोजक प्रदीप कुमार श्रेष्ठले छाडा चौपाया व्यवस्थापन र नियन्त्रण गौशाला सञ्चालन ऐन संसोधन प्रस्ताव टेबुल गरेका छन्।
यस्तै विधेयक समितिका संयोजक नरेन्द्र बस्नेतले नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन विधेयक, मेयर युवा रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन विधेयक र करारमा कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धि विधेयक टेबुल गरेका छन्।
बुधबार शुरु भएको नगर सभा बैठक यही पुस २९ गतेसम्मका लागि स्थगित भएको छ।
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा