न्यानो कपडा बितरण

Read Time:1 Minute, 23 Second
बुटवल । चिसो मौसम बढिरहेको अवस्थामा अति विपन्न एव सुकुम्बासी बस्तीबाट अध्ययन गर्ने विद्यार्थीहरुलाइ न्यानो कपाडा बितरण गरिएको छ। बरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट) बुटवलबाट स्व.गणेशमान सैजु को पून्य तिथीको अवसरमा बर्दिया बारबर्दीया ३ को श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो।
बिद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद पौडेलको आग्रहमा ट्रस्टबाट न्यानो कपडा ट्रयाकसुट बितरण गरिएको कर्मयोगी बरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट) तथा मिलिजुली परिवारका संरक्षक रारा सैजु (रेखा) ले जानकारी दिइन।
नेपालगन्ज जेसीज अध्यक्ष,पूर्व अध्यक्ष र नेपाल जेसीजको पूर्व उपाध्यक्ष लगायतको उपस्थितमा न्यानो कपडा बितरण गरिएको हो।
लेखकको सम्वन्धमा