मोक्षधाम सेवा आश्रममा स्वस्थानी बर्तकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ जारी

मोक्षधाम सेवा आश्रममा स्वस्थानी बर्तकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ जारी
0 0
Read Time:3 Minute, 8 Second

बुटवल , २५ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनी स्थित मोक्षधाम सेवा आश्रममा स्वस्थानी बर्तकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ भइरहेको छ । गत शुक्रवार देखि मोक्षधाम सेवा आश्रममा शिवपुराणमा आधारित ज्ञान महायज्ञ सुरु भएको हो ।
महायज्ञको १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले औपचारिक शुभारम्भ गर्नुभएको हो । मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणी पाठकका अनुसार यस महायज्ञ वैदिक सनातन धर्म रक्षार्थ राष्ट्र शान्तीका निम्ती आयोजना भएको हो ।

महायज्ञ माघको २२ गते सम्म हुनेछ । एक महिना सम्म आयोजना हुने महायज्ञमा प्रत्येक दिन शिवपुराणका कथा, सत्संगका साथै अमृकुण्डमा शिव महाआरती हुने जानकारी महायज्ञ आयोजना समितीका सचिव वेद प्रसाद न्यौपानेले दिए ।

यस महायज्ञको प्रमुख कथा वाचक पण्डित प्रकाश तिवारी रहेका छन् । संस्थापक संरक्षक पण्डित इश्वर कृष्ण महाराज रहेको यस मोक्षधाम २०६६ सालमा स्थापना गरिएको हो ।

वैदिक धर्मको उन्नयन गर्ने उद्देश्यले पुराणमा उल्लेखित भारतका चारधाम जस्तै वद्रिनाथ, द्वारकाधिस, जग्गनाथ, रामेश्वरम, तथा नेपालका चारधाम विश्वनाथ (पशुपतिनाथ), रामजानकी धाम, मुक्तिनाथ, लुम्बिनी, पवित्र गगांहरु, सरोवरहरु र सागरहरुको जल भएको अमृतकुण्ड, वाल तथा बृद्धाश्रम, पुर्विय दर्शनको अनुशन्धान केन्द्र स्थापना र संचालन गर्ने मोक्षधामको परिकल्पना रहेको अध्यक्ष पाठक बताउछन् ।

“माधव सेवा र मानव सेवाको नाम, आठ धाम एकै ठाउँ ” भन्ने मुल नारा बोकी १२ अघि स्थापनमा भएको मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, पशुपतीनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, अमृतकुण्ड, वाल तथा बृद्धाश्रम भवन, अतिथिगृह सभाहल, मानवसेवा भवन निर्माण र पाचँ धामका मन्दिरहरुको जग सम्पन्न भएको जानकारी अध्यक्ष पाठकले दिए ।

मोक्षधाम सेवा आश्रम सुरु भएदेखि नै प्रत्येक बर्ष महायज्ञको आयोजना गर्दै आएको थियो । तर तीनबर्ष यता कोभिडको कारणले कुनै पनि महायज्ञको कार्यक्रम भएको थिएन । यस बर्ष भने स्वस्थानी बर्तकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ सञ्चालन गरिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %