संवैधानिक इजलासमा बहस : रवि लामिछानेको सांसद पद स्वत: खारेज भागी छ
- लुम्बिनी प्रेस संवाददाता
- पुस २२, २०७९
- 56 Shares
-

काठमाडौं,२२ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका विषयमा शुक्रबबार सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा बहस भइरहेको हो । प्रारम्भमा रिट निवेदकको तर्फबाट बहस भएको छ । बहसका क्रममा रिट निवेदकका कानुन व्यवसायीहरुले रवि लामिछानेको सांसद पद खारेज भागी रहेको जिकीर गरेका छन् ।
बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, रमण कर्णसहितका कानुन व्यवसायीले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद स्वतः खारेज हुने जिकीर गरेका हुन् । अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको र स्वतः खारेज भएको नेपाली नागरिकता बुझाएर प्रनिधिसभा सदस्य निर्वाचनमा भाग लिएकाले लामिछानेको सांसद खारेज हुनुपर्ने उनीहरुले माग गरेका छन् ।
नेपाली नागरिकले मात्र निर्वाचनमा भाग लिन पाउने रिट निवेदकतर्फका कानुन व्यवसायीले लामिछानेको उम्मेदवारी अवैध घोषित गरेर सांसद पद स्वतः खारेज हुनुपर्ने तर्क गरेका हुन् ।
प्रतिकृया दिनुहोस्
- पाल्पाको तिनाउमा माछा मार्नेक्रममा ढुँगाले च्यापिएर एक जनाको मृत्यु
- तिलोत्तमा गोल्ड कप : आज अन्तिम सेमिफाइनल, चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै
- नरैनापुरका अग्निपीडितले पाए राहत सामग्री
- अर्घाखाँचीको सुपादेउरालीबाट फर्किदै गरेको बस दुर्घटना हुदा बर्दघाटका ३ जनाको ज्यान गयो
- तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव
- बाँदरले सताएपछि उपभोक्ताले सरकारसँग माग गरे भरुवा बन्दुक
- अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित
- प्रदेशका कानुन प्रदेश र प्रदेशवासीको हितमा हुनुपर्छ : सभामुख घर्ती मगर
- बस्ती नै जोखिममा पर्ने गरी दाङको प्लाई उद्योगमा लागेको आगो (तस्वीरहरू)
- राति २ बजेदेखि सुरु भएको प्लाई उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन
-
अमृतको नेपालकै नमुना महा अभियान १ लाख बिध्यार्थीको माझमा
चैत्र ६, २०८१ -
‘दलित समुदायको सशक्तिकरण लागि दलित एकता आवश्यक ‘
चैत्र ५, २०८१ -
शुद्धोधनको यज्ञोदयमा नेविसंघ विजयी
चैत्र ५, २०८१ -
सैनामैनाको सहिद नारायणमा अनेरास्ववियु विजयी
चैत्र ५, २०८१ -
पाल्पाको शहीद क्याम्पस रामपुरमा हवाइफायर
चैत्र ५, २०८१ -
दाङमा मकै उत्पादन बढ्यो
चैत्र ४, २०८१ -
प्रधानमन्त्री कपः पुलिसको लगातार छैठौं जित
चैत्र ५, २०८१ -
आजदेखि बुटवलमा दाेस्राे मिडिया सम्मेलन
चैत्र ७, २०८१
लेखकको सम्वन्धमा